
इटहरी/ सुनसरी खनारकी मुना राई ४ वर्षदेखि रिलाइन्स स्पिनिङ मिलमा मजदुरी गर्दै आएकि छिन् । उत्पादन अनुसार ठेक्कामा धागो उत्पादन गर्दै आएकी राईलाई श्रमिक महिला दिवसका बारेमा थाहा छैन । ‘श्रमिक महिला दिवसको बारेमा थाहा छ ?’ उनले सजिलै भनिन् ‘खै चासोनै दिइदैन, कामले फुर्सदनै हुँदैन ।’ उनीसँगै काम गर्ने रीता कार्कीलाई पनि घर व्यवहार मिलाएर सँधै ड्यूटिमै जान हतार हुन्छ । जति बढी काम ग¥यो त्यतिनै पैसा आउने भएकाले उनलाई पनि यस्ता दिवसका बारेमा जानकारी लिने फुर्सद छैन ।
महिला सञ्जाल इटहरीले मंगलबार दिउँसो श्रमिक महिलाका हक अधिकार र समान ज्यालाका विषयमा जानकारी गराउन मिलको द्वारमा पुग्दा धेरै श्रमिक महिलालाई श्रमिक महिला दिवसबारे बुझ्न निकै अप्ठ्यारो माने । घर जान ढिलो भयो भन्दै केही श्रमिक महिला कार्यक्रममा बस्न पनि मानेनन् । कार्यक्रमका बसेका महिलाले पनि श्रमका बारेमा दोहोरो कुरा गर्न रुचाएनन् । उदयपुरकी पम्फा विक पनि सोही मीलमा कम्पनी मार्फत काम गर्छिन् । महिनामा ८÷९ हजार रुपैयाँ कमाउने विकले पनि श्रमिक महिला दिवसका बारेमा त्यति बुझ्न चाहिनन् ।
यी त प्रतिनिधी पात्र हुन् । दैनिक मजदुर गरेर जिविको पार्जन गर्दै आएका श्रमिक महिलाहरु रिलायन्स स्पिनिङ मिलमा मात्रै ७ सय बढी महिला श्रमिक छन् । उनीहरु पालोमा कोही ठेक्कामा र कोही कम्पनी मार्फत फ्याक्ट्रीमा काम गर्दै आएका छन् । विदा बाहेक काम गर्न नआएको दिन उनीहरुले पारिश्रमिक पाउँदैनन् ।
सञ्जालको कार्यक्रममा उपश्थित ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य नुर मोहम्द र प्रदेश नम्वर १ का सदस्य गुलावचन्द चौधरीले श्रमिकहरुले श्रम अधिकारका बारेमा जानकारी राख्नु पर्नेमा जोड दिए । ‘तपाईहरुले श्रम ऐनले तोकेको मूल्य पाउनु पर्छ’ प्रदेश नम्वर १ का सदस्य चौधरीले भने ‘घर चलाउँने बाँध्यतामा तपाईले गरेको श्रमको पनि उचित मूल्य पाउनु पर्छ ।’ महिला सञ्जाल इटहरीकी अध्यक्ष लक्ष्मी गौतमले समान ज्याला र श्रमको अधिकारको लागि मनाइने दिवसमा महिला श्रमिकहरुले विदा पाउनु पर्ने बताइन् ।
मार्च ८ तारिकका दिन श्रमिक महिलाहरुले श्रमको सम्मानमा विविध कार्यक्रम गरि मनाउने गरेका छन् । तर, सामाजिक संस्थाका मानिसले मात्रै यो दिवस मनाइ रहँदा दैनिक श्रम गरेर जिविको पार्जन गर्दै आएका महिलालाई पनि सहभागी गराउन जरुरी रहेको कार्यक्रममा सहभागीहरुको भनाई थियो । १ सय ७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला सञ्जालले आयोजना गरेको कार्यक्रममा सञ्जालका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।
झण्डै दुई सय वर्ष अघिदेखि अमेरिकामा श्रमको उचित मूल्य, काम गर्ने स्वस्थकर वातावरण र सामाजिक सुरक्षा ८ घण्टा काम आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम जस्ता आधारभूत अधिकारको माग राखि संघर्षको थालनी गरिएको थियो । अधिकार प्राप्तीको दिनलाई सम्झदै क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको रुपमा विश्वभर नै मनाउने प्रस्ताव राखिएको प्रस्तावालाई सर्वसम्मतिबाट पारित गरियो । तसर्थ सन् २०१० को ८ मार्चका दिनदेखि दिवसका रुपमा मनाउन थालिएको हो ।
पहिलो पटक सन् १९११ मा अष्ट्रिया डेनमार्क जर्मनी र स्वीट्जरल्याण्डमा सम्पन्न गरियो जसमा १० लाख भन्दा बढी मानिसहरुले महिलाको कामको अधिकार मतदान तालिमहरुको व्यवस्था सार्वजनिक कार्यालयहरुमा काम गर्ने अवसर र असमानताको अन्त्यको माग गर्दै भाग लिए । नेपालमा पनि ८ मार्चका दिन विभिन्न कार्यक्रम गर्दै आएका छन् ।