धरान/धरानमा सोमबारदेखि
‘प्रथम पूर्वाञ्चल स्तरीय पुष्प व्यापार मेला’ सुरु भएको छ । धरान उपमहानगरपालिका सामाजिक विकास शाखा अधिकृत सुनिल नेपालले फूलमा पानी हालेर उद्घाटन गरे ।
[caption id="attachment_32735" align="alignnone" width="590"]
तस्बिरहरूः भाेजराज श्रेष्ठ[/caption]
पुष्प मेलामा २१ वटा व्यवसायिक स्टलहरु रहेका छन् । जहाँ २० रुपैयादेखि १ लाख रुपैयासम्म पर्ने विरुवा तथा फूलहरु रहेका छन् । २ सय ५० प्रजातिका फूल तथा शोदार विरुवाहरु रहेका छन् । फ्लोरी कल्चर एसोसिएसन नेपालको आयोजनामा भएको मेला बुधबार सम्पन्न हुने छ ।

यसैबीच स्टल सजावट, विरुवाको अवस्था र फूलाईको आधारमा तीनवटा स्टललाई पुरस्कृत गरेको छ । मोरङको दिपेश नर्सरी प्रथम बनेको छ ।

झापाको महादेव नर्सरी दोस्रो र सुनसरीको धरान नर्सरी तेस्रो बनेका छन् । पुरस्कृत नर्सरीहरुलाई प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ । यस अघि ७, ५ र ३ हजार रुपैया रकम दिने भनिए पनि आयोजकले उक्त रकम भने प्रदान गरेन ।

स्थानीय संयोजक खगेन्द्र पोखरेलेको अध्यक्षतामा भएको कार्यक्रममा एसोसिएसनका कुमार कसजू, समाजसेवी वंशी मोक्तान र बरिष्ठ प्राविधिक प्रदीप कार्की, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेलगायत सहभागी थिए ।