पाँचथर/ खोलामा माछा मार्ने क्रममा जिल्लाको फरक–फरक स्थानमा दुई जनाको मृत्यु भएको छ । जिल्लाको अमरपुर–९, स्थित चिउरी सामुदायिक बन नजिक तमोर खोलामा शनिबार साँझ साँढे पाँच बजे माछा मार्ने क्रममा एक युवाको ज्यान गएको हो । स्थानीय १७ वर्षिय विजय लिम्बूको माछा मार्ने क्रममा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै फिदिम जिल्लाको हेंवा खोलामा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर अर्का एक जनाको ज्यान गएको हो । प्रहरीका अनुसार कालीका–४, बर्दिया घर भई हाल हेंवाखोलामा निर्माणधिन तल्लो हेंवा जलविद्युत आयोजनामा काम गर्ने सन्देश थारुको मृत्यु भएको हो । करेन्ट लागि गम्भिर घाईते भएका सारुलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । सारुलाई राती साँढे ११ बजे करेन्ट लागेको प्रहरीको भनाइ छ ।