इटहरी / लाइन्स क्लब अफ रामधुनी ब्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोरकुमार कार्कीसहित तीन जना पत्रकारलाई सम्मान गरेको छ ।
संस्थाको पदस्थापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलबाट पत्रकार सम्मानित भएका हुन् ।
नगदसहित सम्मानित हुनेहरुमा सम्पादक कार्कीसहित पत्रकार तथा लेखक कृष्ण अधिकारी र पत्रकार सन्तोष यादव रहेका छन् । झूम्का बजारमा शनिबार आयोजना गरिएको कार्यक्रममा लाइन्स क्लबका अग्रज व्यक्तीत्वहरु भीम घिमिरे, रेवतबहादुर कार्कीसहित विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले बोलेका थिए ।
सोही अवसरमा विराटनगर ग्रीनसिटीबाट लाइन्स क्लब अफ रामधुनी भासीलाई कम्लब प्रदान गरिएको थियो । प्राप्त कम्वल स्थानीय स्तरमा रहेका विपन्न परिवारलाई वितरण गरिने संस्थाका अध्यक्ष डिल्ली कार्कीले बताए ।
डिल्ली कार्कीको अध्यक्षतामा रामधुनीमा ३७ सदस्यी कार्य समिति चयनको पदस्थापन गरिएको हो । संस्थाका प्रथम उपाध्यक्ष्मा हर्षलाल चौधरी, द्वितिय उपाध्यक्षमा दुर्गाप्रसाद फूयाँल, तृतीय उपाध्यक्षमा पुस्कर कार्की, सचिव कपीलमणी दाहाल, सह सचिव आशा चौधरी, कोषाध्यक्षमा डिल्लीराम गुरागाई लगायत डाइरेक्टर र सदस्य रहेको कार्य समिति गठन भएको छ ।