काठमाडौं/ प्रतिबन्धित भारतीय नोट सटहीबारे छलफल गर्न मंगलबार भारतीय टोली नेपाल आउँदैछन् ।
रिजर्व बैंक अफ इण्डिया (आरबिआई) का कार्यकारी निर्देशकको दुई सदस्यीय टोली नेपाल आउन लागेको राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।
भारतीय टोलीसँग नेपालको बैकिङ प्रणालीमा रहेका भारतीय पाँच सय र हजार दरका नोट छिटोभन्दा छिटो सटही गर्नेबारे छलफल हुने सहायक प्रवक्ता पण्डितले बताए ।
गएको नोभेम्बरमा भारत सरकारले पाँच सय र हजारको भारतीय नोट प्रचलनमा प्रतिबन्ध लगाएपछि राष्ट्र बैंकले सटही सुविधा माग्दै आएको छ ।
यसअघि राष्ट्र बैंकले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा भारु नोट सटही सहजीकरणका लागि भारत पठाएको थियो ।