काठमाण्डौ / नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ बढाएको छ ।
निगमले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो । ‘भारतीय आय निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्य बढेर आएको निगमका प्रवक्ता भानु खनालले जानकारी दिए । नयाँ मूल्य बुधबार रातीबाट लागू हुने उनल ेबताए । नयाँ मूल्यअनुसार प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पर्ने छ । हाल १३ सय २५ रुपैयाँमा कारोबार हुदै आएको थियो ।