काठमाडौं/ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जना डाक्टरले दरखास्त दिएका छन् । स्वास्थ्य मन्त्रालयले एक साता अघि उपकुलपतिका लागि दरखास्त माग गरेको थियो । मन्त्रालयले प्रतिष्वर्धात्मक ढंगमा योग्य र दक्ष व्यक्तिलाई उपकुलपति नियुक्ती गर्न कार्ययोजनासहित दरखास्त हाल्न भनेको थियो ।
मन्त्रालयको चिकित्सा सेवा महाशाखामा बढीमा १० पृष्ठको कार्ययोजनासहित १६ जनाले दरखास्त हालेका छन् ।
































