धरान/तस्करहरुको समुहले कपिलवस्तुको कृष्णनगर भन्सारमा कार्यरत दुई जना सशस्त्र प्रहरीमाथि गोली प्रहार गरेका छन् ।गोली लागेर हबल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएका छन् ।
पुनको कुममा र श्रेष्ठको हातको औंलामा गोली लागेको छ । दुबैजना खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।दिउँसो करिब दुई बजेतिर भारत तर्फबाट गोली चलेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।सशस्त्र प्रहरी भन्सार गुल्म कपिलवस्तुका कार्यालय प्रमुख तारिखचन्द्र चौधरीका अनुसार एयर गनबाट गोली चलाइएको प्रारम्भिक अनुमान गरिएको छ ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र दुबै घाइते खतरामुक्त रहेको चौधरीले जानकारी दिए ।उनका अनुसार तस्करहरुको समूहले गोली चलाएको अनुमान गरिएको छ । गोली चलाउनेहरुको खोजी भइरहेको र यसबारे थप अनुसन्धान पनि भइरहेको उनले बताए