nepal-bidhut-pradhikaranकाठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरेपछि मुलुकभर नै विद्युत् चोरीमा संलग्न र चुहावटमा संलग्नलाई समेत कारबाहीको प्रक्रिया युद्धस्तरमा अगाडि बढाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार मुलुकभर प्राविधिक र अन्य गरी २५ प्रतिशतभन्दा बढी चुहावट हुने गरेको छ ।

त्यसमा चोरीको मात्रा करीब पाँच प्रतिशतको हाराहारीमा रहेकाले पहिलो चरणमा चोरी नियन्त्रण गर्ने अभियान शुरु गरेको हो । काठमाडौं उपत्यकामा भक्तपुरमा अत्याधिक विद्युत् चोरी हुने गरेको प्राधिकरणको अध्ययनमा देखिएको छ । यस्तै चितवन र प्रदेश नं २ का अधिकांश जिल्लामा बढी विद्युत् चुहावट हुने गरेको छ । प्राधिकरणले तराईका बारा, पर्सा, रौतहट, सप्तरी, सिरहा, महोत्तरी, धनुषालगायतका जिल्लामा चोरी नियन्त्रण अभियानलाई तीब्रताका साथ अगाडि बढाइएको हो ।

प्राधिकरणले स्थानीय प्रहरी प्रशासनको सहयोगमा चोरी नियन्त्रण अभियान अगाडि बढाएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्राविधिक चुहावट लगायतका अन्य चुहावट नियन्त्रणका लागि स्मार्ट मिटरलगायतका प्राविधिक तयारीमा प्राधिकरण जुटेको छ । स्मार्ट मिटरको प्रयोग भएपछि चोरी नियन्त्रणमा समेत सहयोग पुग्नेछ । ऊर्जा मन्त्रालयले विद्युत् विकास विभागका उपमहानिर्देशक सञ्जीव देवको संयोजत्वमा चोरी नियन्त्रण अभियान सञ्चालन गरेको छ भने पछिल्लोपटक प्राधिकरणका जिल्ला, क्षेत्रीय र केन्द्रीय कार्यालयले समेत चोरी नियन्त्रण अभियानलाई तीव्र पारेका छन् ।प्राधिकरणले चोरी बढी भएका जिल्लामा विद्युत्भार कटौती सामान्य अवस्थामाभन्दा बढी गरिरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सम्पूर्ण जिल्ला कार्यालय, क्षेत्रीय कार्यालयलाई चोरी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिइएको र हरेक सातामा प्रगति प्रतिवेदन पठाउन समेत निर्देशन गरिएको बताए । प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा उपलब्ध ८ सय ९० मेगावाटमध्ये करीब सय मेगावाट हाराहारीमा विद्युत् चोरी र चुहावटबाट खेर गइरहेको तथ्याङ्क छ । प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका अनुसार चोरी नियन्त्रण मात्रै गर्न सकियो भने विद्युत्भार कटौती नियन्त्रण गर्न सहयोग पुग्नेछ ।कार्यकारी निर्देशकको निर्देशन बमोजिम प्राधिकरणको जिल्ला कार्यालय भक्तपुरले विगत एक सातादेखि चोरी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । प्राधिकरण भक्तपुरका प्रमुख विक्रम अमात्यले चोरी नियन्त्रण अभियानलाई युद्धस्तरमा अगाडि बढाइएको र पहिलो चरणमा सहरी क्षेत्रलाई केन्द्रबिन्दुमा राखिएको बताए ।प्राधिकरणका कर्मचारी मात्रै चोरी नियन्त्रण अभियानमा लाग्दा स्थानीयवासीको तर्पmबाट सहयोग नभएपछि प्राधिकरणले प्रहरी प्रशासनको समेत सहयोगमा चोरी नियन्त्रणको काम अगाडि बढाएपछि आशातित सफलता हात लाग्दै गएको छ ।प्राधिकरणले सप्तरीमा चोरी नियन्त्रण अभियान सफलतान्मुख रहेको जनाएको छ । सो जिल्लामा एकैपटक १४ जना विद्युत्को पोलमा हुकिङ गर्नेलाई पक्राउ गरेको छ ।प्राधिकरण जिल्ला शाखाले तीन महिनासम्म हुकिङ नियन्त्रण अभियानअन्तर्गत १ सय २३ जनालाई कारबाही गरी १९ लाख राजश्वसमेत असुली गरेको थियो । स्मार्ट मिटरको तयारी चोरी नियन्त्रण अभियानसँगै प्राधिकरणले काठमाडौंमा पाइलट प्रोजेक्टका रुपमा घरमै बसेर विद्युत् महसुल तिर्न मिल्ने गरी स्मार्ट मिटर प्रयोग गर्ने तयारी गरेको छ ।मोबाइल फोनमार्पmत् घरमै बसेर रिचार्ज गर्न सकिने त्यस्ता मिटर प्रयोगपछि प्राविधिक चुहावट समेत कम हुनेछ । यस्तै औद्योगिक क्षेत्र एवम् उद्योग प्रतिष्ठानमा समेत अत्याधुनिक मिटर जडान गर्ने तयारी गरिएको छ ।