Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • शिक्षा
  • आइओएमको डिनमा प्रा डा सिंह: प्रा डा केसीद्वारा विरोध

आइओएमको डिनमा प्रा डा सिंह: प्रा डा केसीद्वारा विरोध

  • कार्तिक २८, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिनमा प्रा डा केशवप्रसाद सिंह नियुक्त भएका छन् । त्रिवि उपकुलपति कार्यालयले नौ महिनापछि आज उनलाई डिन नियुक्त गरेको हो । डिन सर्च कमिटीले प्रा डा जगदीशप्रसाद अग्रवाल, प्रा डा केपी सिंह र प्रा डा ज्योति शर्माको नाम डिनका लागि सिफारिस गरेको थियो । त्रिविका उपकुलपति डा तीर्थ खनियाँले डा सिंहलाई आज नै पत्र बुझ्ने गरी डिन नियुक्त गरिएको जानकारी दिए । विसं २०४५ मङ्सिर ८ गते आइओएममा नियुक्त भएका उनले चार वर्षअघि त्रिवि शिक्षण अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । चिकित्सा शिक्षा सुधार र विकृतिविरुद्ध नौ पटकसम्म अनशन बसिसक्नुभएका प्रा डा केसीले भने आइओएमको डिन नियुक्ति वरिष्ठताका आधार नभएकाले यसलाई नसच्याए आज अपराह्न ३ बजेदेखि अनशन सुरु गरिने चेतावनी दिएका छन् । डा केसीले गत बुधबार र शनिबार विज्ञप्ति जारी गर्दै आइओएमको डिन नियुक्ति वरिष्ठता आधारमा गर्न २४ घन्टाको समयावधि दिएका थिए । त्रिवि उपकुलकति कार्यालयले शनिबार साँझ बैठक बसी अवकाश पाउन चार महिना बाँकी समय रहेका प्रा डा सिंहलाई डिन नियुक्त गर्ने निर्णय गरेको हो । रासससँग कुरा गर्दै डा केसीले वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने आफ्नो माग यथावत् रहेकाले सो नसच्याए आफूले फेरि अनशन बस्ने चेतावनी दिए । उनले भने, “मैले कसैलाई व्यक्तिगत फाइदाका लागि नभई सिङ्गो चिकित्सा शिक्षाका लागि सिस्टममा चल्नुपर्ने मान्यताअनुसार नै वरिष्ठताका आधारमा डिन नियुक्ति हुनुपर्ने माग अघि सार्दै आएको छु । डा सिंहको नियुक्ति वरिष्ठताका आधारमा नभएकाले मेरो असहमति छ ।”

उपकुलपति खनियाँले भने बाहिर जसले जे भने पनि वरिष्ठताका आधारमा नै डिन नियुक्त गरिएको र सिफारिस भएकामध्ये डा सिंह नै वरिष्ठ भएको जिकिर गरे ।  रासस

सम्बन्धित समाचार
हरकपुरमा जारी फुटबलमा कीर्तिपुर र शिवालय विजयी

धरान । मोरङको कानेपोखरी गाउँपालिकाको ३ नम्बर वडामा जारी दोस्रो संस्करणको पु ...

सुनसरीका एसपीको नम्बर ह्याक गरी पैसा माग्दै

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीका कार्यालय प्रमुख एसपीले चलाउँदै आएको ...

दिनेशको हत्या घटनाः रगतले पोतिएको त्यो साँझ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ शिवनगरको चौधरी परिवारमा शनिबार साँझ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आजको राशिफलः २०८२ साल कात्तिक २४ गते सोमबार
कटहरीमा रेलमार्गको अन्तिम स्टेशन निर्माणले गति लियो
२५७ केजी गाँजा बरामद
पूर्वमन्त्री अफताव आलमको निधन
आजको राशिफलः २०८२ साल कात्तिक २३ गते आइतबार
बिदा स्वीकृत नभएका बीपीका शिक्षकहरू धमाधम बर्खास्त
६ वर्षमा २७ प्रतिशत काम
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
फेरि आन्दोलनमा उत्रिए नोबेलका स्वास्थ्यकर्मी
बीपी प्रतिष्ठानमा बायोप्सी परीक्षण गर्ने बढे
सङ्कटा फुटबल क्लब सेमिफाइनलमा
धरान उपमहानगरको गेटः सुन्दर सहरको ‘कुरूप’ चित्र
एजेन्टका प्रतिनिधिको मिलेमतोमा राजस्व छली
देउसी खेलेर पुनर्निर्माण कोषमा २ लाख एक हजार सहयोग
विरोधाभासपूर्ण हर्कको राजनीति कहाँ पुग्ला ?
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved