buluशनिश्चरे, मोरङ  /झापाको दमकमा बुधबार आयोजित एक कार्यक्रमकाबीच समालोचक प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई र गीतसंगीतकर्मी बुलु मुकारुङलाई विशिष्ट प्रतिभा सम्मान प्रदान गरिएको छ । नेपाली वाङ्मय प्रतिष्ठान र वृन्दा जोशी स्मृति कोषको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक र विशिष्ट लोकगायक लक्ष्मी जोशीले १० हजार नगद सहित दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरेका हुन् । लक्ष्मी जोशीकी पत्नी वृन्दाको स्मृतिमा स्मृति कोषले वर्षेनी विशिष्ठ प्रतिभा सम्मान गर्दै आएको छ । सो अवसरमा प्रमुख अतिथि रसिकले दमकका धेरैजसो क्षेत्रलाई समेटिएको ७ सय पृष्ठको ‘दमक दर्पण’को समेत लोकार्पण गरेका छन् । कार्यक्रमा पुस्तकमाथि मिश्र वैजयन्तीले टिप्पणी गरे । सो क्रममा प्रमुख अतिथि गणेश रसिक, सम्मानित श्रष्ठा गोविन्दराज भट्टराई र बुलु मुकारुङ, प्राज्ञहरु विवश पोखरेल, राम धामीका साथै श्रष्ठाहरु राजु केशी, मेघालयका दिवाकर पौडेल सहितले मन्तव्य व्यक्त गर्दै सृजनाका क्षेत्रमा दमकको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे ।