विजयपुर/धरान उपमहानगरपालिकासँग भएको सम्झौता विपरीत पटके सवारी कर उठाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालयले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुई युवाको साथबाट एउटै कम्पनीको अलग–अलग ठेकेदार भएका रसिद पनि प्रहरीले बरामद गरेको छ । धरान उमपाले चालू आर्थिक वर्ष २०७३÷०७४ को पटके सवारी कर उठाउन उज्वल सप्लायर्सलाई ठेक्का दिएको थियो ।

तर बजारमा उज्वल सप्लायर्सको नाममा उज्वल तामाङ र खेम गुरुङ ठेकेदार रहेको रसिदहरु फेला परेको छ । उज्वल सप्लायर्सको नाममा पटके कर उठाउनेहरुले भानुचौकसम्म आएर कर उठाउने गरेका थिए । अनावश्यक रुपमा पटके कर तिर्नुपरेको भन्दै टेम्पो तथा रिक्साहरुले गुनासो गरेका छन् । उज्वल सप्लायर्सको नाममा अलग–अलग ठेकेदारको नाममा काटिएका रसिदहरु ब्लाष्टसँग सुरक्षित छन् ।धरान उमपाले चालू आर्थिक वर्षको पटके सवारी कर उठाउन अमरहाटहँुदै चल्ने सवारी साधनहरुको लागि भेडेटारमा, रेल्वेहँुदै चतरा, प्रकाशपुर, चक्रघट्टीतर्पm जाने सवारी साधनहरुको लागि सर्दूखोला पारी वा भरौल जाने बाटोको नाकामा र महादेवचौक, याङशिलाहँुदै चल्ने सवारी साधनका लागि सवारी चल्ने ठाउँमा उपयुक्त स्थानमा मात्र उठाउन पाउने भनी सम्झौता भएको छ । तर उज्वल सप्लायर्सको नाममा रहेका दुई ठेकेदारले धरानको भानुचौकसम्म आएर पटके कर उठाउने गरेका छन् ।

patake

यसरी तोकिएको ठाउँभन्दा अन्यत्र गएर कर उठाउनु धरान उमपाको राजश्व परिचालन सम्बन्धी विनियमावली २०६७ (संशोधन २०७२) विपरीत हो । प्रहरीले बरामद गरेको एउटै कम्पनीका दुईजना ठेकेदारको अलग–अलग रसिदमा धरान उमपाको छापसमेत छ ।उमपाले समेत अनधिकृतरुपमा पटके कर उठाउनेलाई प्रश्रय दिएको टेम्पो चालक दीपेश गुरुङले बताए । कानुनतः धरान उमपा क्षेत्रभित्र गुड्ने सवारीको शुल्क जनमत केशरी सप्लायर्सले मात्र उठाउन पाउँछ । जनमत केशरी सप्लायर्स र धरान उमपाबीच चालू आर्थिक वर्षमा कर उठाउन पाउने ठेक्का सम्झौता भएको छ । ‘पटके कर कहाँ, कसरी र कति उठाउने भन्ने बारेमा सम्झौतामा स्पष्ट उल्लेख गरिएको छ । सम्झौता विपरीत पैसा उठाएको पाइए हामी कारबाहीको प्रक्रियामा जान्छौं’, धरान उमपाका बरिष्ठ कर अधिकृत खगेन्द्रप्रसाद खतिवडाले बताए । उज्वल सप्लायर्सको आधिकारिक ठेकेदार बताउने खेम गुरुङले भने आपूmहरुबाट गल्ती भएको भन्दा आगामी दिनमा सुधार गरेर अगाडि जाने बताएका छन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको बताएका छन् ।उता धरान उमपा क्षेत्रभित्र सवारी पार्किङ शुल्क उठाउने ठेक्का पाएको जनमत केशर सप्लायर्सले भने धरानभित्र प्रवेश गरेर पटके कर काटेपछि आपूmहरुलाई समस्या भएको बताएको छ । जनमत केशरी सप्लायर्सकी हिमाल राईले लथालिङ रहेको सवारी पटके करलाई आपूmहरुले व्यवस्थित रुपले सङ्कलन गर्न खोजेपनि बीच बजारमा पटके कर उठाउने गरिएका कारण पार्किङ शुल्क बुझाउने सवारीसँग विवाद बढ्ने गरेको बताइन् । उनले पटके करलाई व्यवस्थित गर्न उमपालाई आग्रह पनि गरिन् । उनले सवारी पार्किङ शुल्क सङ्कलन गर्न आपूmहरुले छुट्टै पोशाक र परिचयपत्र दिएर कर्मचारी पठाएको बताइन् । पोशाक लगाएका र परिचयपत्र भएका कर्मचारीलाई मात्र शुल्क बुझाउन पनि उनले सवारीधनीलाई आग्रह गरिन् ।