Trending Tags

स्वास्थ्य

    Showing १०१-११० of ५,३९४ items.
  • खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

    नेपालले राष्ट्रसङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ । अमेरिकाको न्यूयोर्कमा बुधबार आयोजित राष्ट्रसङ्घीय उच्चस्तरीय फोरममा अति कम विकसित देशमा कोरोनाविरुद्धको खोपको समान पहुँच र स्रोत विषयक सत्रलाई सम्बोधन गर्दै राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख अमृतबहादुर राईले नेपालको धारणा प्रस्तुत गरेको हो ।राईले सम्बोधनको क्रममा भने, “हामी अन्तर्राष्ट्रिय समुदायले भ्याक्सिनको उपलब्धतामा विस्तार गरेको विषयलाई प्रशंसा गर्छौं । साथै भ्याक्सिनलाई अन्तर्राष्ट्रिय सार्वजनि

    • प्रकाशित मितिः असार २३, २०७९
    • १५८ पटक पढिएको
    • रासस
  • कोसी अस्पतालको नाम दुरुपयोग गर्नेलाई कारबाही

    विराटनगर । विराटनगरमा च्याउसरी खुलेका निजी क्लिनिकले कोसी अस्पतालको नाम दुरुपयोग गरेको पाइएपछि कारबाहीको लागि स्थानीय प्रशासनलाई पत्राचार गरेको छ । यहाँका निजी क्लिनिकहरूले कोसी अस्पतालमा कार्यरत चिकित्सकको नाम क्लिनिकअगाडि राखेर दुरुपयोग गरेको पाइएपछि कारबाहीको लागि प्रशासनलाई पत्राचार गरेको हो । अनधिकृत रूपमा निजी क्लिनिकहरूले अस्पतालमा कार्यरत चिकित्सकहरूको नाम राख्ने क्रम बढेपछि अस्पतालले सूचना जारी गरी कारबाही गर्ने चेतावनी पनि दिएको छ । कोसी अस्पतालको नाम उल्लेख गरी निजी क्लिनिक तथा अस्पतालमा बोर्ड राख्ने सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मी उपर कारबाही गरिदिन प्रशासनसँग माग गरेको छ । अस

    • प्रकाशित मितिः असार २१, २०७९
    • २३३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • स्वास्थ्य बिमा कार्यक्रम नरोक्न बोर्डको अनुरोध

    धरान । स्वास्थ्य बिमा बोर्डले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमा कार्यक्रम नरोक्न अनुरोध गर्दै दाबीको शोधभर्ना प्रक्रिया अगाडि बढेको जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले सोमबार पत्र लेख्दै रोकिएको रकम उपलब्ध गराउने आश्वासन दिएका छन् । सरकारको नीतिअनुसार बिमित बिरामीको स्वास्थ्य उपचार गरेबापत बोर्डले बीपी प्रतिष्ठानलाई ३४ करोड रुपैयाँ दिन ढिलाइ गरेपछि सोमबारदेखि स्वास्थ्य बिमा कार्यक्रमबाट दिइने सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको थियो । प्रतिष्ठानले बोर्डबाट पाउनुपर्ने दाबी भुक्तानीमध्ये ९ करोड रुपैयाँ यसअघि नै ‘रिजेक्सन’ मा समेत राखिदिएपछि प्रमु

    • प्रकाशित मितिः असार २१, २०७९
    • २७६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला

    धरान । नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित  धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको अणुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिए । उनका अनुसार देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति (द्यब्छ) हो । निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको बताए । ‘हामीलाई पनि हिजो धुलिखेल अस्पतालबाट ओमिक्रोनको नयाँ प्रजातिका बारेमा जानकारी प्राप्त भएको छ’ उनले भने, ‘कुन बिरामीमा ओमिक्रोनको नयाँ

    • प्रकाशित मितिः असार २१, २०७९
    • २०३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • जिपिएस प्रविधि जडान गर्न आवेदन

    जिपिएस प्रविधि जडानका लागि जिल्लामा एउटा मात्र एम्बुलेन्सको निवेदन परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । जिपिएस प्रविधि जडानका लागि आवेदन दिनेमा नेपाल रेडक्रस सोसाइटीका कन्काई शाखाको प्रदेश नं. १–१०–००१ च ९२०१ नम्बरको एम्बुलेन्स मात्र रहेको सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । प्रशासनले जिपिएस जडान गर्न गत असार १४ गतेसम्म आवेदन दिनका लागि सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा रेडक्रस कन्काई शाखाको मात्र निवेदन परेको उनको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले ग्लोबल फण्डको सहयोगमा एम्बुलेन्समा जिपिएस जडान

    • प्रकाशित मितिः असार १९, २०७९
    • २९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • फेरि बढ्दै कोरोना सङ्क्रमण

    धरान । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ ।शनिबार मात्र ४४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको हो ।मन्त्रालयका अनुसार यसअघि ०.५ प्रतिशतमा झरेको सङ्क्र्रमणको दर अहिले बढेर ६ प्रतिशत पुगेको छ । भारतमा जस्तो सङ्क्रमितको सङ्ख्या तीव्र रूपमा नबढे पनि क्रमिक रूपमा बढ्दै गएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाको सङ्क्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो । त्यो सङ्ख्या बढेर शनिबार ४४ पुगेको छ । असार १ गते तीन हजार ९ सय ५ जनामा परीक्षण गराउँदा २५ जनामा सङ्क्रमण देखिएको थियो भने अस

    • प्रकाशित मितिः असार १९, २०७९
    • २२० पटक पढिएको
    • ब्लाष्ट खबर
  • स्वास्थ्य विमा प्रति सरकार नकारात्कम –सांसद ढकाल

    पथरी । मोरङ क्षेत्र नं. ३ का सांसद तथा पूर्व मन्त्री भानुभक्त ढकालले स्थानीय तहले स्वास्थ्य विमा कार्यक्रम ग्रामिण क्षेत्रमा प्रभावकारी बनाउने भनिरहदा अहिलेको सरकारले स्वास्थ्य विमा कुनै नीजि कम्पनीसँग जोडेर स्वास्थ्यको नीति तथा कार्यक्रम ल्याएको बताए । विहिबार मोरङको कानेपोखरी गाउँपालिका–६, स्थित जनसेवा माविको नमुना तीन तले भवन शिलान्यास तथा  स्वास्थ्य स्वयंसेवीका र स्नातकतहका छात्राछात्रलाई साइकल वितरण कार्यक्रममा सो कुरा बताएका हुन । सांसद ढकालले स्वास्थ्य विमा प्रति अहिलेको सरकार सकारात्मक नभएको बताउँदै केही व्यक्ति कमिसनको लोभमा अहिलेको सरकारले स्वास्थ्य विमा अन्तरगत अस्पतालबाट

    • प्रकाशित मितिः असार १७, २०७९
    • ३३० पटक पढिएको
    • दिनेश सुब्बा
  • यसकारण महत्वपूर्ण छ रक्तदान

    कुनै पनि स्वस्थ व्यक्तिले स्वतःस्फूर्त आफ्नो शरीरमा भएको रगतलाई दान गर्ने प्रक्रियालाई रक्तदान भनिन्छ । कुनै पनि कारणबाट शरीरमा चाहिने मात्राभन्दा धेरै कम अथवा ७ प्रतिशतभन्दा कम रगत भएमा उक्त व्यक्तिलाई रगत दिनुपर्ने हुन्छ । निम्न लिखित विभिन्न अवस्थामा बिरामीहरूलाई रगत दिनुपर्ने हुनसक्छ ।जस्तैः दुर्घटनाबाट अत्यधिक रक्तस्राव भएमा, डेलिभरीको समयमा, सर्जरीको समयमा, क्यान्सर रोगीलाई, सिकलसेल एनिमिया, थेलेस्मिया भएको बेला अथवा अन्य कारणले शरीरबाट अत्यधिक रक्तस्राव भएमा ।  संसारमा चिकित्सा विज्ञानको क्षेत्रमा धेरै आविष्कार भए पनि कृत्रिम रगत भने बनाउन सकिएको छैन । कुनै पनि व्यक्तिलाई रगत दिनुप

    • प्रकाशित मितिः असार १६, २०७९
    • ३६४ पटक पढिएको
    • डा. खगेन्द्र ओली
  • मलद्धार नभएको नवजात शिशुको जन्म भएपछि ...

    विराटनगर । उदयपुरको कटारी नगरपालिकाकी एक महिलाले मलद्धार नभएको नवजात शिशुलाई जन्म दिएकी छिन् । कटारी–  ३ की कविता अधिकारी दनुवारले उदयपुरको अस्पतालमा जन्म दिएको छोराको मलद्धार नभएको भेटिएको हो । छोराले दिसा नगरेपछि मात्र मलद्धार नभएको भन्ने थाहा भएको उनले बताइन् । दिसा गर्ने ठाउँनै नभए पछि लगत्तै जनकपुर लगे पनि त्यहाँ उपचारमा कुनै सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स हस्पिटल ल्याएको उनले बताइन् । म्याक्स हस्पिटलमा मलद्धारा नभएको नवजात शिशुको असार ९ गते सफल शल्यक्रिया भएको छ । अस्पतालका वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. फरेन्द्र शाह, वरिष्ठ जनेरल ल्याप्रोस्कोपिक

    • प्रकाशित मितिः असार १५, २०७९
    • ३०५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए । उनले प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धिकरण गरेर र उमालेर खान मात्र अनुरोध गरेका छन्। अहिलेसम्म १२ जनामा हैजा देखिएको मन्त्रालयले जनाएको छ । दूषित खानेपा

    • प्रकाशित मितिः असार १४, २०७९
    • १८० पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved