मनोरञ्जन

    Showing ५१-६० of २,७३० items.
  • गायक डिल्ली फोम्बोको नयाँ गीत रिलिज (भिडियाेसहित)

    धरान । गायक डिल्ली फोम्बोको नयाँ गीतको भिडियो रिलिज भएको छ । चैत २४ गते ‘नेपाली’ बोलको गीतको भिडियो युट्युबमा रिलिज गरिएको हो । ‘माइली’ एलबम बजारमा ल्याइसकेका गायक फोम्बोको यो गीतको शब्द र सङ्गीत द पिएसार र गायक स्वयम्को रहेको छ । डिल्ली फोम्बो एण्ड द ब्याण्डको गीतको निर्देशन सुन्तान इधिङ्गोले गरेका छन् । पूर्वको रमणीय स्थान तेह्रथुमको वसन्तपुरलगायत क्षेत्रमा छायाङ्कन गरिएको गीतमा लिड गिटारिष्टमा समिर, ड्रममा पल, बेस गिटारमा मनि लिम्बू, रिदम गिटारमा एल्भिन श्रेष्ठ छन् । निर्देशक सुन्ताल इधिङ्गाले गीतको पोष्ट प्रोडक्सन भने बेलायतमा गरेका हुन् । गीत राष्ट्रिय भावनाले ओत

    • प्रकाशित मितिः चैत्र २६, २०७६
    • ४११ पटक पढिएको
    • ब्लाष्ट खबर
  • केकीको धमाकेदार प्रस्तुति (भिडियाेसहित)

    धरान । माया पुन मगरको नयाँ गीत ‘नेपालकी छोरी’ सार्वजनिक भएको छ । जहाँ कलिउड नायिका केकी अधिकारीको अभिनय रहेको छ । केकीलाई अनिल अधिकारी र सुमिन गुरुङले साथ दिएका छन् । जङ्गबहादुर पुनको शब्द र अर्जुन पोखरेलको संगीतमा गीत तयार भएको हो । गीतको भिडियो पोखराको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको गायिका पुनले बताइन् । भिडियोलाई निर्देशक तथा सम्पादक सुवास अम्गाईले गरेका छन् । साथी क्रियशनले भिडियो निर्माण गरेको हो ।

    • प्रकाशित मितिः चैत्र २६, २०७६
    • ३७७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोनाको लक्षण देखिएका अमेरिकी गायक जोन प्राइनको मृत्यु

    धरान । कोरोनाभाइरसको लक्षण देखिएका अमेरिकी गायक जोन प्राइनको निधन भएको छ । ७३ वर्षीय प्राइनलाई मार्चमा कोरोनाको लक्षण देखिउको थियो । त्यसो त उनको श्रीमतीलाई पनि कोरोनाको संक्रमण देखिएको थियो । उनको मृत्युको कारण कोरोनाको संक्रमण नै हो या अन्य हो भन्ने विषयमा पुष्टि भइसकेको छैन । एनजल, श्याम स्टोनलगायत गीतबाट चर्चा कमाएका प्राइनले धेरै पटक ग्रामी अवार्ड हात पारेका थिए । रोलिङ स्टोनले त प्राइनलाई ‘द मार्क ट्वाइन अफ अमेरिकन सङराइटर’ को उपनाम दिएको थियो । प्राइनको मृत्युमा विश्वभरका संगीतकर्मीहरूले समवेदना प्रकट गरेका छन् ।

    • प्रकाशित मितिः चैत्र २६, २०७६
    • २३७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • टाइगर श्राफकी बहिनी कृष्णाको ब्रेकअप

    धरान । बलिउड स्टार जैकी श्राफ तथा टाइगर श्राफकी बहिनी बलिउड उद्योगमा प्रवेश नगरे पनि विभिन्न कारण चर्चामा आइरहन्छिन् । टाइगरकी बहिनी कृष्णा श्राफ फिल्मी उद्योगभन्दा पर भए पनि सामाजिक सञ्जालभन्दा पर छैनन् । पछिल्लो समय प्रेमलीलाका कारण चर्चामा रहेका कृष्णाको जीवनमा खराब दिन शुरु भएको छ । ब्वाइफ्रेण्ड एबन हेम्ससँगको प्रेमिल तस्बिरहरू सार्वजनिक गरिरहेने जोडीमाथि पछिल्लो समय कसैको नजर परेको छ । कारण यी जोडीबीच अहिले ब्रेकअप भइसकेको खबर बाहिरिएको छ । केही दिनअघि मात्रै सामुन्द्रिक किनारमा खिचिएका ग्ल्यामरस तस्बिरका कारण यी जोडी खुबै चर्चामा थिए । सामाजिक सञ्जाल ट्वीटर र इन्स्टाग्राममा सार्वजनिक भ

    • प्रकाशित मितिः चैत्र २६, २०७६
    • २२३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘द बर्निङ ट्रेन’ को रिमेकमा ऋतिकको इन्ट्री

    धरान । सन् १९८० को दमदार फिल्म ‘द बर्निङ ट्रेन’ को सिक्वेल निर्माण गरिने भएको छ । धमेन्द्र, जितेन्द्र र विनोद खन्नाद्वारा अभिनित ‘द बर्निङ ट्रेन’ को रिमेक गर्न लागिएको हो । फिल्म निर्माता जुनो चोपडा र जैकी भगनानीले रिमेक गर्ने घोषणा गरेका छन् । फिल्ममा ऋतिक रोशनलाई नायकको रूपमा लिने तयारी भइरहेको छ । यसविषयमा ऋतिकसँग निर्माताद्वयले छलफलको चरणमा छन् । ऋतिकको इन्ट्री भए फिल्मले एक खाल्को रफ्तार लिने विश्वास निर्माताले गरेका छन् । तर, अहिले विश्वमा चलिरहेको कोरोनाभाइरसको महामारीका कारण पनि फिल्मको तयारी केही ढिलाइ हुने निर्माताद्वयले भारतीय सञ्चारमाध्यममा बताएका छन् । सन

    • प्रकाशित मितिः चैत्र २३, २०७६
    • १४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बलिउड नायिका अंकिता बस्ने अपार्टमेन्टमा कोरोनाभाइरसको संक्रमित भेटियो

    धरान । भारतमा पनि कोरोनाभाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ । भारत सरकारले कोरोनाको संक्रमण फैलिन नदिनका लागि २१ दिने लकडाउन जारी रहेको छ । यही क्रममा बलिउडका नायिका तथा मोडल अंकिता लोखण्डे बसेको अपार्टमेन्टमा एक जनामा कोरोना पोजेटिभ भेटिएको छ । उनी बसेको मलाड कम्प्लेक्समा एक जनामा पोजेटिभ भेटिएपछि पूरै अपाटमेन्ट शिल गरिएको छ । उक्त अपार्टमेन्टमा अशिता धवन–शैलेस गुलावानी, नताशा शर्मा–आदित्य रेडिज, मिस्कान्त बर्माजस्ता चिरपरिचित कलाकारहरू बस्दै आएका थिए । डी–विङ्गमा बस्ने एक मानिसमा कोरोना भाइरसको संक्रमण देखिएपछि अपार्टमेन्टलाई पूर्ण रूपमा शिल गर्नु परेको हो । अहिले त्यस

    • प्रकाशित मितिः चैत्र २३, २०७६
    • ३८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोरोना लकडाउनमा प्रियंकाद्वारा फ्यानलाई उपहार

    धरान । अमेरिकन गायक निक जोनाससँग विहे गरेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले हालसालै गरिएको फोटोसुटका तस्बिरहरू सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् तस्बिरहरू सार्वजनिक गरेकी हुन् । ट्याटलर म्यागजिनका लागि खिचिएका सुन्दर तस्बिरहरू उनले सार्वजनिक गरेकी हुन् । उनलाई उक्त म्यागजिनले कभर स्टोरीका लागि फोटोसुट गरेको थियो । यो तस्बिर कोरोनाभाइरसको संक्रमन हुनुअघि खिचिएको हो । पछिल्लो समय प्रियंका युनिसेफको च्यारिटेबल कार्यक्रममा व्यस्त छिन् । त्यसो त विश्व स्वास्थ्य संगठनले पनि उनलाई कोरोनाभाइरसको जोखिमबाट बच्नका लागि सन्देशका रूपमा काम गर्न सद्भावना दूतका रूपमा मनोनयन गर

    • प्रकाशित मितिः चैत्र २१, २०७६
    • २१२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अजयले मनाए आफ्नो ५१ औं जन्मदिन

    धरान । बलिउड स्टार अजय देवगनले आफ्नो ५१ औं जन्मदिन सेलिब्रेट गरेका छन् । देवगनले बिहीबार परिवारका साथमा आफ्नो जन्मदिन सेलिब्रेट गरेका हुन् । उनले बलिउड नायिका तथा पत्नी काजोल, छोरी न्यासा र युगको साथमा देखिएका छन् । बलिउड उद्योगमा सफल नायकको रूपमा रहेका अजयले फिल्म अलवा आफ्नो परिवारलाई अधिकांस सयम दिने गरेका छन् । छोराछोरी र काजोलका साथमा अधिकांस समय देखिने उनले फिल्मी उद्योगबाट छुट्टी पाउने बित्तिकै परिवारका साथमा घुम्ने गरेका छन् । उनले छोरी र छोरालाई पनि विभिन्न कार्यक्रमहरूमा उपस्थित गराउने गरेका छन् । कतिपय अवस्थामा छोरी न्यासालाई सपिङमा पनि लग्ने गरेका छन् । बलिउड उद्योगमा निकै सफल

    • प्रकाशित मितिः चैत्र २०, २०७६
    • १६४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लकडाउनमा सर्लिनको अर्को धमाका तस्बिर

    धरान । लकडाउनको समयलाई बलिउडका हट सेलिब्रेटीहरूले नयाँ तरिका अपनाउन थालेका छन् । बलिउडकी निकै हट एण्ड सेक्सी मानिने सर्लिन चोपडाले लकडाउनमा आफ्ना फ्यानहरूलाई उत्तेजक तस्बिर सेयर गरेकी छन् । उनले तीन घण्टाअघि मात्रै सेयर गरेको उक्त तस्बिरमा झण्डै ५ लाख भन्दा बढीले लाइक गरिसकेका छन् । त्यस्तै २ हजारभन्दा माथिले कमेन्ट गरेका छन् । सर्लिन बलिउड उद्योगमा जम्न नसके पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा भने खुबै जमेकी छन् । सन् २००५ बाट बलिउड उद्योगमा डेब्यु गरेकी उनले सन् २०१२ मा प्लेब्वाइ म्यागजिनका लागि हट फोटोसुट गरेर चर्चामा आएकी थिइन् । तर, भारतमा उनको तस्बिरलाई लिएर खुबै आलोचना भएको थियो । उनल

    • प्रकाशित मितिः चैत्र १९, २०७६
    • २४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • के भन्छन् काेराेना पीडित बनेका सेलिब्रेटीहरू

    धरान । कोरोनाको संक्रमणबाट ‘रिकोभर’ भएका सेलिब्रेटीहरूले घरमै बस्न र सेल्फ आइसोलेसनमा रहनका लागि आग्रह गरेका छन् । हलिडउका सेलिब्रेटीहरूले कोरोनाबाट बच्नका लागि घरमै बस्न सल्लाह दिएका हुन् । केही समय अघि फिल्मको छायाङ्कनको क्रममा अष्ट्रेलिया आएका टोम हन्क एवम् उनकी पत्नी रीता विल्सनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । उनीहरूले ट्वीटमार्फत् आफ्ना फ्यानलाई यसबारे जानकारी दिएका थिए । झण्डै २ सातासम्म अष्ट्रेलियामा होम आइसोलेसनमा बसेका उनीहरू अहिले ठीक भएर अमेरिका पुगेका छन् । त्यहाँबाट उनीहरूले ट्वीटमार्फत् नै भनेका छन्, ‘कोरोनाबाट बच्नका लागि सकेसम्म घरभित्रै र सेल्फ

    • प्रकाशित मितिः चैत्र १८, २०७६
    • २०५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved