धरान (ब्लाष्ट) गायिका जुनी खालिङ राईको नयाँ गीत ‘लाहुरे पल्टनमा’ सार्वजनिक भएको छ ।

गीतमा संगीतसमेत दिएका गायक कृष्णभक्त राईले स्वरमा पनि साथ दिएका छन् । शब्द रचना कृष्णभक्त र जुनी दुवैको रहेको छ । गीतको भिडियोमा गायिका जुनीलाई इन्द्र शुसिल चोङ्वाङले साथ दिएका छन् ।

भिडियो डिबी लिम्बुले छायाँकन र सम्पादन गरेका हुन् ।

धनकुटामा रहेर विशेषगरी लोकगीत गाईरहेकी जुनीले हालसम्म आफ्नै च्यानल मार्फत दर्जनौं गीतहरु सार्वजनिक गरिसकेकी छन् । उनी पूर्वका विभिन्न सांगीतिक कार्यक्रममा समेत व्यस्त रहने गरेकी छन् ।