अमेरिकी गायिका तथा अभिनेत्री जेनिफर लोपेज विभिन्न काण्डले चर्चामा आइरहन्छिन् । कहिले तस्बिर काण्डका कारण त कहिले विवाहको विषयलाई लिएर । हालै उनी पाँचौं विवाहको विषयलाई लिएर चर्चामा छिन् ।

लोपेज अहिले रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिगेजसँगको सम्बन्धमा छिन् । दुई वर्षसम्म डेटिङ गरेर उनीहरूबीच हालै इन्गेज्मेन्टसमेत भइसकेको छ । जेनिफरले १९९७ मा ओजनी नोआसँग विवाह गरेकी थिइन् । ओजनी नोआसँगको सम्बन्धविच्छेदपछि जेनिफरले क्रिस जुडसँग विवाह गरिन् । २००२ मा उनले एफ्लेकसँग विवाह गरेकी थिइन् । दुई वर्षपछि उनीसँग पनि सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि २००४ मा उनले पुराना साथी मार्क एन्थनीसँग विवाह गरेकी थिइन् ।

अहिले एलेक्ससँग सम्बन्धमा रहेकी उनको विवाहको डेट भने निश्चित भएको छैन् । एलेक्ससँग विवाह भएमा उनको यो पाँचौं विवाह हुनेछ । उनी अन्य विषयमा पनि पटक–पटक विवादमा आउने गरेकी छन् । केही समय पहिले इन्स्टाग्राममा अपलोड गरेको तस्बिरलाई लिएर उनीमाथि कपीराइटको मुद्दा लागेको थियो । एक फोटो एजेन्सीले अनुमतिबिना आफ्नो प्रेमिकाको तस्बिर इन्स्टाग्राममा राखेको आरोप लगाउँदै एक जनाले डेढ लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरेको हो ।

जेनिफरले त्यो तस्बिर दुई वर्षपहिले इन्स्टाग्रामको स्टोरीमा राखेकी थिइन् । त्यसपछि उनीमाथि बिनाअनुमति तस्बिर प्रयोग गरेको आरोप लगाइएको थियो ।