ब्लाष्टखबर । अमेरिकन आइडलको ईतिहासमै नेपाली समुदायको पहिलो सहभागी बनेका दिवेश पोख्रेलले आफ्ना समर्थकलाई धन्यबाद दिदै अत्याधिक भाेट गर्न आग्रह गरेका छन् ।

केहि समय अघि सामाजिक संजाल फेसबुकमा भिडियाे सन्देश मार्फत दिवेशले आफूलाई समर्थक गरेकाेमा धन्यबाद दिदै, अप्रिल २६ बाट सुरू हुने भाेटिङकामा आफूलाई अत्याधिक भाेट गरेर विजयी गराउन अनुराेध गरेका छन् ।

भिडियाेमा उनले मतदान करसी गर्ने र कतिपटक सम्म गर्न सकिन्छ भन्ने कुरापनि उल्लेख गरेका छन् । उनले सामाजिक संजालमा सात समुद्रबाट रहेर पनि समर्थन गरेकाेमा धन्यवाद दिदै िवश्वमा रहेकाे उनका समर्यकलाइ सबै जनाले सबै तवरबाट भाेट गर्न नसक्नाे भएपनि प्रस्तुतिका क्रममा आनन्द लिन सक्ने बताएका छन् । उनले संयुक्त राज्य अमेरिकामा रहेका सबै नेपालीहरूले  सबै माध्यमबाट भेट गर्न सक्ने भएकाले सबैले भाेट गर्न अनुराेध गरेका छन् ।

भिडियाेमा दिवसले मतदान गर्नकालागी सबै भन्दा पहिला अमेरिकन आइडलमा आफ्नो नाम दर्ता गराउनु पर्ने बताउदै एप्स या कुनै तरीकाले दर्ता गराउनु पर्ने बताएका छन् । एक व्यक्तिले ३० पटक सम्म मत हाल्न सक्नेछ । ३ तरिकाले मतदान गर्न पाइनेछ । दिवेशलाई मतदान गर्दा टेक्सबक्समा १६ लेखि २१५२३ संख्यामा पठाउनुपर्ने छ ।

पहिलो तरीकाः टेक्स (सन्देश)मार्फत जसमा यो माध्यमबाट १० पटक मतदान गर्न पाइनेछ । मतदान गर्दा दिवेश पोखरेल अर्थात् अर्थर गन लाई २१५२३ अर्थात् अंग्रेजीमा 21523 संख्यामा मतदान गर्नुपर्ने हुन्छ ।

दोश्रो तरीकाः एप्पल आइओएस (IOS) एप स्टोरमा या एनड्रोईड स्टोर या अमेरिकन आइडल एप्पस डाउनलोड गर्ने र हस्ताक्षर गर्ने र उक्त आफूले खोलेको खाता बाट १० पटक मतदान गर्न सकिने छ ।

तेश्रो तरीकाः आइडलभोट डट एबिसि डटकम (idolvote.abc.com) मा पहिले नै निर्माण गरेको खाता बाट १० पटक सम्म मतदान गर्न सकिनेछ ।

अमेरिका आइडलको १८ औ संस्करण मे ३ देखि प्रत्यक्ष प्रसं सुरु हुने छ भने मे १७ मा अन्तिम समारोह हुनेछ ।