धरान / ओस्कार विजेता टम हन्कस र पत्नी रीता विल्सन कोरोना भाइरसको उपचार गरेर आराम गरिरहेका छन् ।
उनीहरू कोरोनामुक्त बनेका हुन् । उनीहरूलाई केही समयअगाडि कोरोनाबाट सङ्क्रमित भएको जनाएका थिए । उनीहरू उपचार गरेर घर फर्किएको पिपुल म्यागजिनले लेखेको छ । कोरोना देखिएका उनीहरू आइसोलेसनमा रहेका थिए । अहिले अष्ट्रेलियाको भाडाको घरमा आराम गरिरहेको पिपुल म्यागजिनले उल्लेख गरेको छ ।

उनीहरू आफैले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आफूहरूलाई कोरोना भाइरस भएको बारे जानकारी दिएका थिए । उनी अष्ट्रेलियामा फिल्मको छायाङ्कनको क्रममा कोरोनाको सङ्क्रमण देखिएको थियो । कोरोनाबाट सङ्क्रमित हुने उनीहरू अमेरिकाको पहिलो सेलिब्रेटी हुन् । अमेरिकामा मात्रै कोरोना भाइरसका कारण ७० जना मानिसको ज्यान गइसकेको छ भने ३ हजार ८ सय मानिसहरू सङ्क्रमित रहेको खबर बाहिरिएको छ ।