Trending Tags

अर्थ

    Showing ४१-५० of ४,७५२ items.
  • नेप्सेमा झिनो सुधार

    धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.१८ बिन्दुले सुधार भई दुई हजार ९७७.०२ मा  पुगेको छ ।यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ बिन्दुले बढेर ५५०.६९ मा पुगेको छ । कूल २२६ कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर रु नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ मूल्यमा कारोबार भयो । नेप्सेमा सोमबार र मङ्गलबार मात्रै झण्डै १२० अङ्कको गिरावट भएको थियो ।कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ७.८९, होटल तथा पर्यटन

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • १२४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पाँचथरका दुई आवासीय भवनको काम अन्तिम चरणमा

    यासोक  । प्रदेश १ सरकारको सहयोगमा निर्माणाधीन पाँचथरका दुई आवासीय भवनका काम अन्तिम चरणमा पुगेको छ ।जिल्लाको मिक्लाजुङ र कुम्मायक गाउँपालिकामा निर्माण हुँदै आएको आवासीय भवन निर्माणको काम पूरा हुन लागेको हो । मिक्लाजुङको रविमा ३ करोड ८५ लाख, १ हजार ७ सय ४२ रुपैयाँको लागतमा भवन निर्माण हुँदै छ । त्यस्तै कुम्मायक गाउँपालिकाको आवासीय भवनमा प्रदेशले ३ करोड ९८ लाख ४४ हजार ४ सय ४७ रुपैयाँ बजेट विनियोजन गरेको थियो । सहरी विकास भवन कार्यालय इलामले ३ वर्षमा पूरा गर्ने गरी दुईवटा ठेकेदार कम्पनीलाई ठेक्का दिएको छ । 

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • १५१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नक्कली भ्याट बिलको जगजगी

    सुनसरी । गत जेठ १९ गते कोसी गाउँपालिका–८ भण्टाबारीमा सशस्त्र प्रहरीले चेकजाँचको क्रममा बा. १६ च ५४६१ नम्बरको बोलेरो जिपबाट ४ लाख २९ हजार ८ सय २७ रुपैयाँ बराबरको औषधि बरामद गर्यो । यस्तै २०७७ चैत २३ गते सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीबाट खटिएको टोलीले को.२ च २९९६ नम्बरको बोलेरो जिपबाट २ लाख ५० हजार बराबरको १ सय १५ सय कार्टुन स्याउ बरामद गर्यो । २०७७ असोज ११ गते खाद्यान्न, कपडा, गहुँ, मोटर पाटर्स, भेटेरिनरीका औषधि लगायत ५ लाख ७३ हजारभन्दा बढीको सामान बरामद गर्यो । यी प्रतिनिधि घटनामा बरामद भएका सामग्रीको अनलाइन भेहिकल ट्रयाकिङ (भिसिटिएस) कागजात साथमा नभएको र बिल नक्कली भएको भन्दै सशस्त्र प्रहर

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • २१९ पटक पढिएको
    • मिकाइल आलम
  • रिलायबल नेपाल लाइफ इन्स्योन्स कम्पनी ४ वर्ष पुरा गरी ५ औं वर्षमा प्रवेश

     धरान : रिलायबल नेपाल लाइफ इन्स्योन्स कम्पनी ४ वर्ष पुरा गरी ५ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ भदौ १५ गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो ।५ औं वर्षमा प्रवेश गरेको अवसरमा ७ वटै प्रदेशमा रहेका ८२ वटा शाखा कार्यालयहरुले  केक काटेर वार्षिक उत्सव  भव्यताका साथ मनाएको रिलायबल नेपाल लाइफ इन्स्योन्स कम्पनीका सिइयो नारायण बाबु लोहनीले जानकारी दिए ।  यस अवधिमा  कम्पनीले १५ हजार भन्दा धेरैलाई अभिकर्ता बनाउन सफल भएको  र स्थापना कालको छोटो अवधिमै पुराना जीवन बीमा कम्पनीलाई टक्कर दिदै सर्वाधिक जीवन बीमा पोलिसी बिक्री गर्न सफल   हुँदै नोट पोलिस

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • २२८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • शेयर बजारमा उच्च अङ्कको पहिरो, नेप्से र कारोबार रकम दुवै घटे

    जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अङ्कले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । लगातार करेक्सन देखिन थालेको शेयर बजारमा आजको गिरावट पछिल्ला दिनहरु मध्येको सबैभन्दा ठूलो हो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० को विन्दुमा ओर्लेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ६९.०५ विन्दुले घटेर दुई हजार ९७५.८४ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.३४ विन्दुले घटेर ५५०.५२ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत घटेको छ । कूल २२७ कम्पनीको दुई करोड ३१ ल

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • १३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अब झुत्रा नोटबाट ब्रिकेट !

    नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ ।  चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो ।सो देशको एक कम्पनीसँग सन् २०२० भएको सम्झौताअनुसार आठ मेशिन ल्याउने सहमतिअनुसार हालै आइपुगेका चार मेशिनबाट पहिलो चरणमा काठमाडौँ, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरी जलाइएका नोटबाट ब्रिकेट उत्पादन गरिने नेपाल राष्ट्र बै

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • ९८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पाँचथर कुम्मायक गाउँपालिकाको बजार ढलान सुरु

    यासोक । पाँचथर कुम्मायक गाउँपालिकामा बजार ढलानको काम सुरु भएको छ । प्रदेश सरकारको सहयोगमा बजारको २ दशमलव २ किलोमिटर आरसीसी ढलानको काम सुरु भएको हो ।प्रदेश सरकारको सहयोगमा सहरी विकास कार्यालय इलामले मूल्य अभिवृद्धि कर (भ्याट) सहितको १० करोड ५२ लाख ४५ हजार ३ सय ५५ रुपैयाँमा सियम कृष्ण लक्ष्मी जेभीलाई ठेक्का दिएको थियो । २०७७ असारमा ठेक्का पाएको निर्माण कम्पनीले २०७९ पुससम्ममा पूरा गर्ने गरी सम्झौता गरेको छ । योजनाको ३ दशमलव ४७ किलोमिटरको नाली निर्माण र ढल व्यवस्थापनअन्तर्गत पहिलो खण्डको १२ सय ७० मिटर कालोपत्रेको काम पूरा गरेको छ । त्यस्तै बाँकी रहेको २ दशमलव २ किलोमिटर आरसीसी ढलानको काम सुर

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • ३६५ पटक पढिएको
    • रमेश थापा
  • पूर्वी नाकामा व्यापार बढोत्तरी, व्यापार घाटा भने ३५ अर्ब

    झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत आर्थिक वर्षमा ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७–०७८ मा ३५ अर्ब ८५ करोड रुपैयाँ व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए । उनका अनुसार यो नाकाबाट गत आवमा ४८ अर्ब ५ करोड रुपैयाँको वस्तु आयात भएको छ भने १२ अर्ब ६५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । काँकरभिट्टा नाकाबाट गत आवमा आयात–निर्यात दुवैतर्फ

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • १०४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • काँकडभिट्टाबाट प्रवेश खुल्ला

    चार महिनापछि पूर्वी नाका काँकडभिट्टामा भारतीय नागरिकको आवतजावत खुकुलो बनाइएको छ । आजदेखि भारतीय नागरिकलाई खोप कार्ड वा पीसीआर नेगेटिभ रिपोर्टका आधारमा नेपाल प्रवेश गर्न अनुमति दिइएको छ ।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आवश्यकता र औचित्यका आधारमा आजदेखि कोरोना विरुद्धको खोप लगाएको कार्ड र पीसीआर नेगेटिभ रिपोर्ट भएका भारतीय नागरिकलाई नेपाल आउन दिइएको बताए । “केन्द्रबाट लिखित अनुमति आउन बाँकी छ”, प्रजिअ तिम्सिनाले भन्नुभयो । यसअ अघि काँकडभिट्टा नाकामा भारतीयलगायत विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको थियो । सीमावर्ती क्षेत्रका आँखा अस्पतालमा उपचारका लागि मात्र भारतीयलाई आउन

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • ७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा फेसन डिजाइन इन्सिच्युट खुल्यो

    धरान । धरानको मुटु भानुचौकस्थित तमु कम्प्लेक्समा ‘डिजाइन इन्सिच्युसन अफ फेसन टेक्नोलोजी’ खुलेको छ । फेसन डिजाइनमा काम गर्दै आएकी मनिषा राईले टेक्नोलोजी सुरुवात गरेकी हुन् । उनका अनुसार १५ लाख रुपैयाँको लागतमा फेसन डिजाइनसम्बन्धी तालिम दिने उद्देश्यले सुरु गरिएको हो । इन्सिच्युसनको उद्घाटन धरान उपमहानगरका प्रमुख तिलक राईले गरे । प्रमुख राईले उमेर, लिङ्ग र वर्गअनुसारको पोसाक लगाउनुु नै फेसन भएको बताए । राईले भने ‘फेसन भन्दैमा विकृति फैलाउने कार्य गर्नु हुँदैन, समाजले रुचाउने, हिँड्दा सहज हुने पहिरन र पहिचानसहितको पोसाक नै फेसन हो ।’ मनिषा विगत १० वर्षदेखि फेसन डिजाइनमा काम गर्दै आएकी छ

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • ४६३ पटक पढिएको
    • सञ्जिता धमला

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved