अन्तर्राष्ट्रिय / प्रवास

    Showing १३१-१४० of १,०९९ items.
  • चीनद्वारा राष्ट्रिय सुरक्षा विधेयक पारित , हङ्‌कङकाे स्वतन्त्रता सङ्कुचित हुने आशङ्का

    ब्लाष्टखबर । चीनकाे संसदबाट हङकङकाकालागी बनेकाे राष्ट्रिय सुरक्षा विधेयक पारित गरेको छ । चीनको नेशनल पिपुल्स कांग्रेसको स्थायी समितिले सर्वसम्मतरुपमा यो विधेयक पारित गरेको हो । विधेयक पारित भएसँगै कानुन लागु भएपछि हङ्‌कङमा चीनको प्रभाव बढ्ने र उक्त सहरको स्वतन्त्रता सङ्कुचित हुने आशङ्का छ। चीनले गत महिना चीनविरोधी विविध गतिविधिलाई अपराध ठहर गर्ने प्रावधानहरू भएको उक्त कानुन लागु गर्ने घोषणा गरेको थियो। त्यसबाट पृथक्तावाद, राज्यविप्लव, आतङ्कवाद र विदेशी शक्तिसँगको मिलेमतोजस्ता गतिविधिलाई नियन्त्रण गर्न सकिने उसको तर्क छ। यो विधेयकको अमेरिका, बेलायत र अन्य पश्चिमा मुलुकले विरोध गर्दै आएक

    • प्रकाशित मितिः असार १६, २०७७
    • ३०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रेमिकासंग बिबाह गर्न नपाएपछि श्रीमतीलाई सडकमा घिसारियाे

    ब्लाष्टखबर । प्रमिकासंग बिबाह गर्न नपाएकाे झाेकमा भारतमा एक श्रीमानले श्रीमतीकाे कपालमा समातेर सडकमा घिसारेका छन् ।  भारतकाे बिहार स्थित बैसाली जिल्लाका एक युवाले प्रमिकासंग बिबाह गर्न राेकेकाे भन्दै पत्नीमाथि दुव्र्यवहार गरेका छन् । सामाजिक संञ्जालमा भाइरल बनिरहकाे एक भिडियाेमा एक पुरूषले महिलाकाे कपालमा समातेर भुईँमा घिसारेको देखिन्छ । डेलीमेलले उक्त भिडियाे जुन २४ मा भएकाे घटना भएको भएकाे उल्लेख गर्दै, ती पुरूप  २५ गते बिबाहका लागी तयार भएसंगै युवतीले आफूसँग पहिले नै युवकले कानूनी रुपमा विवाह गरिसकेको बताए पछिकाे घटना रहेकाे उल्लेख गरेकाे छ ।  रिपोर्टका अनुसार ती युवक

    • प्रकाशित मितिः असार १६, २०७७
    • ६९९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रवासी नेपालीले गरे अमेरिकाकाे दुई राज्यमा रक्तदान

    ब्लाष्टखबर । अमेरिकामा रहेका प्रवासी नेपालीकाे संस्था प्रवासी नेपाली एकता मञ्चले अमेरिकाकाे दुई राज्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  काेराेना महामारीका बिचमा गरिएकाे रक्तदान कार्यक्रममा न्युयोर्क र टेक्सासको डयालासमा गरी १ सय ८ जनाले रक्तदान गरेका छन् । मध्य न्युयोर्क शहरको उडसाइड स्थित सत्यनारायण मन्दिरमा भएकाे रक्तदानका कार्यक्रममा ९१ जनाले रक्तदान गरेका थिए भने,  टेक्सासमा एकै पटक धेरै जना भेला हुन प्रतिवन्ध भएका कारण १७ जनाको मात्र रगत संकलन गरिएकाे थियाे ।  कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न  गर्नका लागी न्युयोर्कमा संस्थाका केन्द्रिय सदस्य

    • प्रकाशित मितिः असार १६, २०७७
    • ५७९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा आक्रमण, कम्तिमा ४ जनाकाे मृत्यु

    कराची । पाकिस्तानकाे कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा आक्रमण भएकाे छ । मूलढोकामा ग्रिनेड विस्फोट गराएर  चार बन्दुकधारीहरूले भवन भित्र छिरेकाे बताइएको छ । आक्रमणमा प्रहरी अधिकारी सहित ४ जना घाइते हुनुका साथै केहिकाे मृत्यु भएकाे स्थानिय समचारले जनाएकाे छ ।   प्रहरीलाइ उद्धृत गर्दै आक्रमणमा संलग्न चार जनालाई मारिएको जनाइएकाे छ ।   घटनाकाे बलोच लिबरेशन आर्मीले घटनाको जिम्मेवारी लिएको छ।

    • प्रकाशित मितिः असार १५, २०७७
    • २७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ब्राजिलमा संक्रमण उच्च, चौथो स्थानमा भारत

    एजेन्सी  / ब्राजिल दश लाख कोभिड–१९ हुने दोश्रो मुलुक बन्न पुगेको छ। गत २४ घण्टामा मात्र एकैदिन सर्वाधिक ५४,००० भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। र, चारदिनदेखि हरेक दिन १२ सय भन्दा बढीको मृत्यु भएको छ। कुल मृत्यु हुनेको सङ्ख्या ४९,००० पुगेको छ। परीक्षणको अभाव भएका कारण वास्तविक तथ्याङ्क अझ बढी हुने र प्रकोप अझ पनि उच्च विन्दुमा पुग्न केही हप्ता बाँकी रहेको विज्ञहरूले बताएका छन्। विश्व स्वास्थ्य सङ्गठनले महामारी ‘नयाँ र खतरनाक’ चरणमा प्रवेश गरेको घोषणा गरेको केही घण्टापछि ब्रजिलको नयाँ तथ्याङ्क सार्वजनिक भएको हो।ल्या

    • प्रकाशित मितिः असार ६, २०७७
    • ६०३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चीनले कब्जामा लिएका १० भारतीय सैनिकलाई छाड्यो

    एजेन्सी / चीनले गलवानको भिडन्तमा कब्जामा लिएका १० भारतीय सैनिकलाई बिहीवार बेलुकी मुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। सैन्य स्रोतलाई उद्धृत गर्दै द हिन्दु पत्रिकाले मुक्त गरिएकामध्ये एक लेफ्टीनेन्ट कर्णेल र तीन जना मेजर रहेको बताएको छ। भारत सरकारले यो खबरको पुष्टि गरेको छैन र भारतीय सैनिकहरू हराइरहेको भन्ने पनि पुष्टि गरेको छैन। गलवान उपत्यकामा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको थियो भने यसले दुई शक्ति राष्ट्रबीच तनाव बढाएको थियो। चीनले भिडन्तमा आफ्नो पक्षको क्षतिको बारेमा बोलेको छैन। भारतका भने कम्तीमा पनि ७६ सैनिक घाइते भएका छन्। दुवै देशले एकअर्कालाई भिडन्तका लागि

    • प्रकाशित मितिः असार ५, २०७७
    • ४७८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपाली सेना र सशस्त्रका प्रमुख कालापानी क्षेत्रमा, भारतीय चासो

    धरान / प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल कालापानी क्षेत्र पुगेका छन् । भारतीय सुरक्षा निकायले यसलाई नजिकबाट नियालेको बताइएको छ । भारतीय सञ्चारमाध्यमले थापा र खनाल कालापानी क्षेत्रमा पुगेको विषयलाई प्रकाशन तथा प्रशारण गरेका छन् । इन्डियन एक्सप्रेसले नेपालको राष्ट्रियसभाले नेपालको नयाँ नक्शा समेटेको निशान छाप अनुमोदन गर्न संविधान संशोधन प्रस्ताव पारित गर्नै लाग्दा सेनापति सशस्त्रका आइजीपीसहित कालापानी नजिकैको छाँगरुमा पुगेको भनेको छ । कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि भारत असन्तुष्ट रहँदै आएको छ । संसदब

    • प्रकाशित मितिः असार ५, २०७७
    • ७९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विदामा बसेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलायो

    काठमाडौँ ।  चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्नु अघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए । तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको हो । रुपन्देहीको बेलहिया नाकाबाट भारतीय सेनामा भर्ती भएका १८ जना गोर्खा रेजिमेन्ट सैनिकहरु भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी दिए । दुई दिनदेखि गोर्खाली सेना नेपालबाट भारत प्रवेश गर्न थालेको भारतीय स

    • प्रकाशित मितिः असार ५, २०७७
    • ६०१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लद्दाख घटनापछि नेपाल र भारतबीच उत्पन्न नक्सा विवादमा कस्तो असर पर्ला ?

    बीबीसी / लद्दाखको सीमामा भिडन्त भएपछि विकसित घटनाक्रमका कारण भारत र चीनबीच अझै कटुता बढे नेपालमा पनि त्यसको असर पर्न सक्ने आशङ्काप्रति विज्ञहरूले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन्। गत सोमवार राति चिनियाँ र भारतीय सैनिकबीच भिडन्त हुँदा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भारतले पुष्टि गरेको छ। चीनतर्फ पनि केही सैनिक हताहत भएको भारतको दाबी भए पनि चीनले त्यसबारे केही बोलेको छैन। नेपालले हालै जारी गरेको नयाँ नक्सा संविधान संशोधनमार्फत् निशान छापमा समेटिएको समयमै भारत र चीनबीच तनाव चर्किँदा नेपाल र भारतबीच विद्यमान सीमा विवादबारे सम्भावित वार्ता छायामा पर्न सक्ने देखिएको केही विज्ञले बताएका छ

    • प्रकाशित मितिः असार ४, २०७७
    • ३५८ पटक पढिएको
    • एजेन्सी
  • प्रदेश १ मा भारतबाट आउने भन्दा जाने बढी

    विराटनगर /  प्रदेश १ को चार जिल्लाको सिमा नाकाहरूबाट नेपाल भित्रने भन्दा भारत जानेको संख्या धेरै रहेको पाइएको छ । लकडाउनको कारणले अलपत्र परेका नेपाल तथा भारतका नागरिकहरू आफ्नो देश फर्कन थालेपछि दुई सातामा झापा, मोरङ, सुनसरी र इलामको नाकाहरूबाट २८ हजार ९ सय ७५ जनाले वारपार भएका छन् । दुई सातामा नेपालबाट १८ हजार ६ सय ९९ जना भारतीय नागरिक गएका छन् भने भारतबाट १० हजार २ सय ७६ जना नेपाली आएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी दिपक पोखरेलले जानकारी दिए । उनका अनुसार जेठ १४ देखि ३२ गतेसम्म सबैभन्दा बढी झापाको काकरभिट्टा नाकाबाट बढी आवतजावत भएको बताए । झापाको काकरभिट्टा ना

    • प्रकाशित मितिः असार ३, २०७७
    • ४२१ पटक पढिएको
    • अनिल श्रेष्ठ

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved