विजयपुर । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङबीच भेटवार्ता भएको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको हो ।
भेटका क्रममा दुई देशबीचको विकास साझेदारीलाई थप प्रभावकारी बनाउने, आपसी सहकार्य प्रवद्र्धन गर्ने तथा साझा हितका क्षेत्रमा मिलेर काम गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले नेपाल र चीनबीच रहँदै आएको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आपसी हित र सहकार्यका क्षेत्रमा थप काम गर्नुपर्नेमा जोड दिए ।
चिनियाँ राजदूत झाङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै नेपाल–चीनबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहयोगका विषयमा समेत विचारविमर्श भएको जनाइएको छ।