रुसमाथिको पहिलो उच्चस्तरीय वार्तामा अमेरिका र युरोपेली संघका प्रतिनिधिहरूले मस्कोलाई थप एक्लो पार्न सक्ने थप कदमहरूबारे छलफल गरेका छन् । अमेरिकी विदेश मन्त्रालय र युरोपेली बाह्य कार्य सेवाले संयुक्त रूपमा जनाएअनुसार युरोपियन युनियन र संयुक्त राज्य अमेरिका आज वाशिंगटन डीसी मा आयोजित पहिलो अमेरिका(इयु उच्च स्तरीय वार्तामा अर्थतन्त्र र अन्तरराष्ट्रिय वित्तीय प्रणालीबाट रुसलाई अलग गर्न थप कदमहरू बारे पनि छलफल गरेका छन् । अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राजनीतिक मामिलाका उपसचिव भिक्टोरिया नुल्यान्ड र इयुको नेतृत्व राजनीतिक मामिलाका लागि युरोपेली बाह्य कार्य सेवाका उपमहासचिव एनरिक मोराले गरेका
दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४०,००० भन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा कार्यालयका प्रमुख झु ताओले भग्नावशेषका अधिकांश टुक्राहरू क्रमबद्ध र थप परीक्षणका लागि भण्डारण स्थलमा सारिएको बताए। करिब एक करोड वर्ग मिटर वरिपरिखोजि कार्य जारी राखिएको थियो। खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ वटा ड्रोन लगायतका उपकरण प्रयोग गरिएको थियो । कुनमिङबाट ग्वाङ्झाउका लागि उडेको बोइङ ७३७ विमान दिउँसो २: ३८ बजे गुआङ्सीको टेङ्सिआन काउन्
रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कुल गार्हस्थ्य उत्पादन २० प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ। पुनर्निर्माण र विकासका लागि युरोपेली बैंकका अनुसार दुई देशबीचको युद्धले ५० वर्षको लागि 'सबैभन्दा ठूलो आपूर्ति झटका' निम्त्याउनेछ। फेब्रुअरी २४ मा रुसले आफ्नो पश्चिमा समर्थक छिमेकीमाथि आक्रमण गर्नुअघि लन्डनस्थित युरोपेली बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्टले यो वर्ष युक्रेनी जीडीपी ३।५ प्रतिशतले वृद्धि हुने र रुसी अर्थतन्त्र तीन प्रतिशतले विस्तार हुने भविष्यवाणी गरेको थियो।
द हेग / नेदरल्याण्डले आफ्नो देशमा रहेका १७ रुसी कुटनीतिज्ञहरूलाई देश छाड्न निर्देशन दिएको छ ।नेदरल्याण्डमा बसेर उनीहरूले कूटनीतिक मर्यादा र जिम्मेबारी विपरित कार्य गरेको भन्दै उनीहरूलाई स्वदेश नै फिर्ता हुन निर्देशन दिइएको हो । नेदरल्याण्डको विदेश मामिला मन्त्रालयले राष्ट्रिय सुरक्षाका कारणले उनीहरूलाई निष्कासित गर्नु परेको जानकारी दिएको छ ।
मध्य इजरायली शहर बनी ब्राकमा प्यालेस्टाइनी बन्दुकधारीले मारेका पाँच मध्ये दुई जना युक्रेनी नागरिक भएको इजरायली प्रहरीले बुधबार जनाएको छ।मङ्गलबारको आक्रमणका पीडितहरू मध्ये युक्रेनका २३ र ३२ वर्षीय युक्रेनी नागरिक रहेको प्रहरीले जनाएको छ।
किभ । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी अरु ३३ जना घाइते समेत भएको अधिकारीहरूले जनाएका छन् ।युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायीभ सहरमा घटना भएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले मङ्गलबार जनाएको छ ।स्थानीय समय अनुसार बिहान ८:४५ मा हवाई आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । आक्रमणका कारण झण्डै नौ भवनमा क्षति पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरूले जन
क्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ।स्थानीय समय अनुसार बिहान १०:३० बजे (०७३० GMT) शुरु हुने वार्ता अघि युक्रेनी र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने कार्यक्रम तय भएको पनि जनाइएको छ। यसअघि सोमबार युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्ता गरेका थिए र बैठकको आयोजना गरेकामा टर्कीको प्रशंसा समेत गरेका थिए।"मलाई आशा छ टर्कीको मध्यस्थतामा जारी वार्ताहरूले युक्रेनको शान्त
जापानी सरकारले रूसी तरल प्राकृतिक ग्यास (एलएनजी) को लागि रुबलमा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरिरहेको मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताएका छन् ।"अहिलेसम्म त्यस किसिमको कारोबार गर्ने बारे सूचनाहरू छैनन् ताकि जापानी कम्पनीहरूसँग रूसबाट एलएनजीको आपूर्तिको लागि विद्यमान सम्झौताहरू रूबलमा रूपान्तरणको आवश्यकतामा पर्नेछ। यद्यपि त्यस्ता मागहरू प्राप्त भएमा जापानी सरकारले कम्पनीहरूलाई रुबलमा कारोबार गर्न सहमत नहुन आग्रह गर्न चाहन्छ। "उनले भने । जारी रुस युक्रेन द्वन्द्वले गर्दा रुस आफ्नै मुद्रालाई अन्तरराष्ट्रिय मुद्राको रूपमा प्रयोग गर्न चाहिरहेको छ। 
बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ। बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्तिका लागि दुई मिलियन उपलब्ध गराउने तयारी गरेको विदेशमन्त्री ट्रसले जनाएका छन् । मन्त्रालयका अनुसार हाल युक्रेनमा १२ मिलियन भन्दा बढी मानिसहरूलाई मानवीय सहायताको खाँचो देखिएको छ यो वास्तविक संख्या अझ बढी हुन सक्छ।"पोल्याण्ड र स्लोभाकियाका गोदामहरू अर्को हप्ताको शुरुदेखि युक्रेन सरकारलाई यी सामानहरू आपूर्ति गर्न तयार छन्। त्यसपछि लगभग २५ ट्रक लोडहरू सडक र
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार पोलिश-युक्रेनी सीमा नजिकैको एक शहरको यात्रा गर्नेछन्। एयर फोर्स वनले पूर्वी पोल्याण्डको रजेस्जो शहरमा उडान भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट ८० किलोमिटर ९५० माइल० भन्दा कम दूरीमा पुर्याउने छ। यो यात्रा नेटो सहयोगीहरूको रक्षा गर्न वाशिङ्गटनको सक्रियतालाई पुष्टि गर्न महत्त्वपूर्ण मानिएको छ। युक्रेनमा एक महिनादेखि जारी युद्ध जसलाई राष्ट्रपति बाइडेनले तेस्रो विश्वयुद्धको सन्त्रासको रूपमा याख्या गर्दै आएका छन् ।
Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved