श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत १७ गते मङ्गलबार, ३१ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर । चैत्र शुक्लपक्षको त्रयोदशी तिथि ११ः०० बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पूर्वफाल्गुनी ०२ः५९ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः५७ बजे र सूर्यास्त ०६ः१९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश आँटेको काम रोकिन सक्छ। सहयोगको नाममा झुक्याउनेहरूले दुःख दिनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अस्वस्थताका बावजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामकाजलाई निरन्तरता दिन सकिनेछ। पछाडिबाट अवरोध पु¥याउनेहरू सक्रिय रहने हुँदा सजग रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामको चाप केही बढ्न सक्छ । केही खर्च लागे पनि खानपान तथा मनोरञ्जनको समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको मुख ताक्नाले पछि परिनेछ। बलजफ्ती गर्ने बानीले पनि समस्या आउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा गुमेको स्थान प्राप्त हुनेछ। उपलब्धि हातपार्न समय लाग्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शत्रुहरू किनारा लाग्नेछन्। प्रतिष्ठा जोगाउन सफल भइनेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ।
































