श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत १६ गते सोमबार, ३० मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र शुक्लपक्षको द्वादशी तिथि ०९ः०० बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र मघा ०३ः५९ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः५७ बजे र सूर्यास्त ०६ः१९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विभिन्न उपहार प्राप्त हुने समय छ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सफलताले हिम्मत दिलाउनेछ। प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ। दिगो फाइदा हुने काम प्रारम्भ होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिवश सञ्चित रकम खर्च गर्नुपर्ने हुनसक्छ । खर्चिलो कामले अर्थ अभावको स्थिति आउला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। आफन्तका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा मनग्य फाइदा हुनेछ। साँझतिर आफ्नो रकम अरूका लागि खर्च हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ।































