श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८२ साल चैत १५ गते आइतबार, २९ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर । चैत्र शुक्लपक्षको एकादशी तिथि ०८ः११ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र अश्लेषा ०२ः५९ बजेसम्म, उप्रान्त  अश्लेषा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०५ः५७ बजे र सूर्यास्त ०६ः१९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। बेसुरमा बोल्ने बानीले गोपनीयता भङ्ग हुनसक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विशेष योजना सार्वजनिक नगर्नुहोला । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भङ्ग हुनसक्ला। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रगतिमा ईष्र्या गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

अग्रज तथा सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। कर्मयोगले नयाँ मोड लिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल पाइनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरूले सम्झौता गर्न सक्छन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफन्तजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आकर्षक उपहारले उत्साह जगाउनेछ। बिछोडिएका आफन्तसँग पनि भेटघाट हुनेछ।