विजयपुर । नजता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले धरान–लेउती सुरुङ मार्ग धरानको ‘लाइफ लाइन’ भएको बताएका छन् ।
सोमबाट आफ्नो पार्टीबाटसुनसरी क्षेत्र नं. १ को उम्मेदवार बनेका नगेन्द्रबहादुर लिम्बू (पारघरी) को पत्रकार भेटघाटमा अध्यक्ष राईले सुरुङ मार्ग धरानको ‘लाइफ लाइन’ भएको बताएका हुन् । उनले भने, ‘धरानको शिरकट्टा हुँदैछ । पहाडी क्षेत्र तेह्रथुम, ताप्लेजुङ, पाचथर, धनकुटाका केही क्षेत्रका मानिस सिधै बराहक्षेत्र आइपुग्छन् । त्यसैले सुरुङ मार्ग धरानको ‘लाइफ लाइन’ हो ।’ उनका अनुसार शविझट्टादेखि लेउतीसम्म साढे चार किलोमिटर हुनेछ ।
































