धनकुटा । नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाले २८६२ ता ल्हो (घोडा बर्ग) सोनाम ल्होछार नयाँ वर्षको अवसरमा शुभकामना आदन–प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सनिबार आयोजना गरेको छ ।
कार्यक्रालाई सम्वोधन गर्दै शुभकामना आदन प्रदान तथा ल्होछार साँस्कृतिक कार्यक्रमका प्रमुख अतिथि पूर्व खानेपानी, भूमि व्यवस्था तथा सहकारी मन्त्री राजेन्द्र कुमार राईले भने–‘ नेपाल विभिन्न जातजातिको साँझ फूलवारी भएकाले सवै फूलहरुले समान ढंगले फुल्न सक्नु पर्दछ ।’ उनले थपे– संस्कृति भित्र विविधता रहेको देश नेपालमा ‘हामी केहिले सेलो, कहिले हुर्रा, कहिले चण्डी त कहिले रोधि आदिमा रमाउने गर्दछौं ।’ उनले धनकुटा नगरपालिका वडा नं.४ मा गुम्बा निर्माण भैरहेकोमा खुशी व्यप्त गर्दै दुद्ध भगवानको दर्शन, विचारको पछि लाग्ने जो कोहिले शान्ति पाउने बताए । उनले गुम्वा निर्माणको लागि सक्दो सहयोग गर्ने बताए ।
कोशि प्रदेसका पुर्व मन्त्रि निरन राईले पञ्चायतकाल र बहुदलिय व्यवस्थामा नेपालका जातजातिको समश्यालाई सम्वोधन गर्न नसक्दा ब्यबस्था परिवर्तन गरेर संघीय गणतन्त्र नेपाली जनताले ल्याएको बताए । ‘नेपाली जनताले संघीय गणतन्त्र नेपाल ल्याएसंगै वाक स्वतन्त्रतासंगसंगै यहाँको हरेक जाति समुदायलाई भाषा, धर्म, संस्कार, संस्कृति, सवैलाई समान ढंगले राज्यले सम्वोधन गर्नुको विकल्प छैन’–राज्य मन्त्रि राईले थपे ।
उनले ‘धनकुटा नगरको मुख्य आकर्षणको रुपमा धनकुटा नगरपालिका वडा नं.४ मा निर्माण भैरहेको ह्रिन्छेन छ्योलिङ्ग गुम्बा निर्माणधिन अवस्थामा रहेकोले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले गुम्बा निर्माण भएपछि धनकुटा नगरमा धार्मिक पर्यटनको विकास हुनेमा आफू विश्वस्त रहेको वताए । राईले गुम्बाले वेलावेला आयोजना गर्ने धार्मिक एवं साँस्कृतिक कार्यक्रमले नयाँ सोचँ र योजना बनाउन मद्धत पु¥याउने भन्दै मञ्जुश्री सम्बत २८६२ को अवसरमा सोनाम ल्होछारको शुभकानमा दिए ।
त्यसैगरी धनकुटा नगरपालिका वडा नं.४ का वडाध्यक्ष जम्शेर आठपहरियाले निर्माण भैरहेको गुम्वाको निर्माण कार्य सम्पन्न भएर संचालनमा आउँदा धनकुटालाई नै फाईदा पुग्ने विचार व्यक्त गरे । उनले गुम्वा निमार्णको लागि वडा, नगर, प्रदेश सरकारबाट भएको अहिलेसम्मको लगानीले गुम्वा निर्माणको काम पूरा हुन नसकेको हुँदा थप बजेटको लागि पहल गर्ने बताए ।
नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका पुर्व अध्यक्ष एवं जनता समाजवादी पार्टी नेपाल धनकुटाका अध्यक्ष पार्वती राईले आदिवासी जनजाजातिहरु माथि राज्यले विभेद गरिरहेको वताए । उनले राज्यद्धारा संरक्षित मठमन्दिरमा चाँही सुनको जल्हरी लाउनु पर्ने हाम्रो गुम्वा, माङ्गहिम बनाउनलाई चाँही जहिल्यै बजेटको अभाव झेलीरहनु पर्ने भन्दै सरकारका प्रतिनिधिहरुलाई प्रतिप्रश्न गरे । उनले नेपालका आदिवासी जनजाति भनेको राज्यको लागि समश्या नभएर राज्यको सम्पति भएको भन्दै लेखेर राख्न ठोकुवा गरे ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष विदुर खवासले राज्य भनेको कुनै एउटा भूगोल मात्र नभै, जाति विशेष मात्र पनि नभै, राज्य भनेको त्याहाँ रहेको सम्पूर्ण जातजाति, भाषा, भाषीको धर्म संस्कार, संस्कृतिको संयुक्त दस्तावेज भएको बताए । उनले धनकुटा नगरपालिकामा निर्माणधिन अवस्थामा रहेको वौद्ध गुम्वा निर्माण सम्पन्न भैसकेपछि बौद्धमागीहरु त आउँछन नै त्यसका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने बताए । गुम्बा निर्माणको क्रममा देखिएको गुम्बा निर्माणको शैली साच्चै नै कलात्मक भएकाले जो कसैको पनि यस गुम्बाले मन तान्न सक्ने अध्यक्ष खवासको दाबी थियो ।
शुभकामना आदन प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले धनकुटामा निर्माण भै रहेको ह्रिन्छेन छ्योलिङ्ग गुम्वा यस क्षेत्रको गहनाको रुपमा स्थापित हुनेमा आफुहरु विश्वस्त रहेको बताएका छन् । उनीहरुले गुम्बाको आठौं बार्षिक साधरणसभामा गुम्बाका सचिव सन्तवीर लामाद्धारा प्रश्तुत् संस्थागत वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष निमडोमा तामाङद्धारा प्रश्तुत् आर्थिक प्रतिवेदनको पूर्णसफलताको शुभकामना दिदै पास गरेका छन् ।
कोषाध्यक्ष निमडोमा तामाङले आ.व.०८०/०८१ को ३ लाख, ३४ हजार, ६ सय २० र आ.व.०८१/०८२ को १३ लाख, ४५ हजार, १ सय ८ रुपयाँ बराबरको आर्थिक प्रगति प्रतिवेदन प्रश्तुत् गरेका थिए । गुम्वाको हालसम्म ८० प्रतिसत बुट्टा हान्ने काम सकिएको र वुद्ध भगवानको मुर्ति प्रतिस्थापन, रंङरोगन, विजुली वाईरिङ्ग लगायतको काम बाँकी रहेको प्रश्तुत् प्रतिवेदनमा उल्लेख गरिएको छ । हालसम्म गुम्वामा ८८ लाख, ७५ हजार, १ सय ६० रुपयाँ लगानी भएको छ ।
नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाका अध्यक्ष नरेशकुमार पाख्रीन तामाङको अध्यक्षतामा सम्पन्न शुभकामना आदन प्रदान तथा विविध साँस्कृतिक कार्यक्रममा छथरजोरपाटी गा.पा. वडा नं.४ का वडाध्यक्ष टेकवहादुर तामाङ, धनपा ४ का वडा सदस्य इमानसिंङ वाईवा, कवि अधिकारी, नेपाल तामाङ प्रदेश समितिका उपाध्यक्ष गंगाराम गोम्देन, गुम्वाका सल्लहकार संयोजक कृष्ण ब्लोन तामाङ, सल्लाहकार सदस्य हर्क प्रसाद लामा, नेफिन धनकुटाका पुर्व अध्यक्ष संजय सन्तोषी राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी तामाङ घेदुङका जिल्ला अध्यक्ष पेमा लाामा, उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तारा तितुङ, सचिव मानवी मोक्तान, किराँत राई यायोखाका जिल्ला अध्यक्ष उद्धवमणी राई, मगर संघका प्रतिनिधि इन्द्र लुङ्गेली मगर, नागरिक समाजका संयोजक सुन्दरवावु श्रेष्ठ, गुम्बा समितिका अध्यक्ष राधादेवी तामाङ, लामागुरु जिन्लाब दोर्जे लामा लगायतले लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
त्यसैगरी पुर्व वडा सदस्य होम प्रसाद अधिकारी, पुरुष संजालका नगर अध्यक्ष धनवहादुर खड्का, सिलढुङ्गा सामुदायिक वनका अध्यक्ष दोजराज बाँस्तोला, गुम्बाका अक्षयकोष दाता उर्गेन शाक्य, जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख मनोज कुमार खड्का, लोकगायक रमेश राइ लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सोही कार्यक्रममा धनकुटा स्थित् हाम्रो डान्स सेन्टरका स्थानिय कलाकारहरुले तामाङ संस्कृतिमा आधारित डम्फू सेलोमा नृत्य प्रश्तुत् गरेका थिए ।
कार्यक्रममा पाख्रीवास नगरपालिका वडा नं.९ बाट उत्तरपानी धर्मशाला होमस्टेका डम्फूरेहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा तम्वासंघ धनकुटा नगरका अध्यक्ष कर्ण वहादुर थिङ, सचिव बागवीर घिसिङ, सदस्य जीतवहादुर वम्जन, सतलवहादुर बम्जन लगायतले डम्फु बजाएर साङ्गसेर्गेम गरेका थिए । उनीहरुले प्रश्तुतीमा मञ्जुश्री सम्बत २८६२ सोनाम ल्होछार नयाँ वर्ष ता ल्हो घोडा बर्गको स्वागत गर्दै डुल ल्हो सापुख्री सर्प वर्गको विदाइ गरेका थिए । डम्फू सेलो मार्फत उनीहरुले सम्पुर्ण पृथ्वीमा रहेको प्राणी जगतको भलाई र शान्तीको कामना समेत गरेका थिए । सो अवसरमा म्हानिपा घेदुङ धनकुटा नगर समितिको तर्फबाट अष्टमंगल पाठ (टाशीग्यापा) समेत गरिएको थियो ।
कार्यक्रममा धनकुटा नगरपालिका भित्रका विभिन्न वडामा वसोवास गर्ने तामाङ, गैह्र तामाङ दाजु भाई तथा दिदिवहिनीहरुको सयौंको संख्यामा सहभागीता रहेको थियो । कार्यक्रमको संचालन जिल्ला घेदुङका पुर्व सचिव एवं गुम्वा व्यवस्थापन समितिका सचिव सन्तवीर लामाले गरेका थिए । स्वागत मन्तव्य नेपाल तामाङ घेदुङ नगर समिति धनकुटाका सदस्य पेमा ग्लान तामाङले गरेका थिए । कार्यक्रमको सह–आयोजक ह्रिन्छेन छ्योलिङ गुम्वा धनकुटा र व्यवस्थापन म्हानिपा घेदुङ धनकुटाले गरेका थिए । कार्यक्रममा डम्फू सेलोमा नृत्य प्रतियोगिता, वेलुन डान्स, म्यूजिकल चियर जस्ता प्रतितियोगिताहरु पनि संचालन गरिएको थियो । प्रतियोगितामा विजयीहरुलाई नगद पुस्कार प्रदान गरिएको थियो ।
































