धरान । सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–८ सोनयाहीस्थित हुलाकी राजमार्गमा बिहीबार बिहान भएको ट्रक दुर्घटनामा पाँच जना कामदारको मृत्यु भएको छ।
सुनसरी प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने सबै जना सुनसरीको बर्जु गाउँपालिका–१ का बासिन्दा हुन्। ट्रकमा सवार ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
विराटनगरबाट मार्बल तथा टायल बोकेर हुलाकी राजमार्ग हुँदै सप्तरीतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।
दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक कानुनी प्रक्रिया सम्पन्न गरेको छ भने दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
































