भद्रपुर । आउँदै गरेको मकर सङ्क्रन्तिको अवसर पारेर गुरुकुलमा अध्ययनरत वटुकहरूलाई न्यानो कपडासहित खाद्यसामग्री वितरण गरिएको छ ।
भद्रपुर मारवाडी महिला मञ्च र युवती मञ्चले मङ्गलबार भद्रपुर–६ स्थित श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रममा अध्ययनरत ७५ जना वटुक (विद्यार्थी) हरूलाई ७५ थान ज्याकेटसहित खाद्यसामग्री वितरण गरेको हो ।
मञ्चकी अध्यक्ष नीलम गोयल, सचिव रीता सरावगीलगायतले सामग्री वितरण गरेका थिए । मञ्चका अध्यक्ष गोयलको सभापतित्वमा सम्पन्न कार्यक्रमको औचित्यमाथि सचिव सरावगीले प्रष्ट पारेकी थिइन् ।
































