धरान । संविधान सभा सदस्य तथा पूर्वमन्त्री धरान–१० निवासी कृष्णकुमार राईको निधन भएको छ ।
सुनसरी क्षेत्र नं. १ बाट २०७० सालमा निर्वाचित संविधानसभा सदस्य राईको ८२ वर्षको उमेरमा निधन भएको हो । काठमाडौँस्थित उनकै निवासमा निधन भएको उनका भतिज महेन्द्र राईले जानकारी दिएका छन् । टेलिभिजन हेर्दै गर्दा अकस्मात् मृत्यु भएको उनले जनाए ।
तत्कालीन धरान नगर पञ्चायतको प्रमुखसमेत भएका राई २०६० सालयता नेकपा (एमाले) मा रहेका थिए । पञ्चायतकालमै सञ्चार तथा स्वास्थ्य मन्त्रीसमेत भएका राई २०४६ सालको राजनीतिक परिवर्तनपछि राप्रपामा थिए ।
२०७० एमालेमा प्रवेश गरेर सुनसरी क्षेत्र नं. १ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए ।
































