धरान । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय धरानले धरान–१५ का विपन्न ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।
बुधबार श्यामचोक अस्थायी प्रहरी चौकीको समन्वयमा एक कार्यक्रम गरी विपन्न ज्येष्ठ नागरिकका परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।
१५ नं. वडाका वडाध्यक्ष नरेशकुमार इवारमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राई रहेका थिए ।
१८ वटा टोल विकास संस्थाबाट दुई–दुई परिवार छनौट गरी ३६ जनालाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष इवारमले जानकारी दिए । समुदायका लागि प्रहरीले यस्तो कार्य गर्नु सराहनीय भएको उनले बताए ।































