धरान । धरान–९ स्थित विष्णु मेमोरियल स्कुलको बसले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको निधन भएको छ ।
धरान १९ मिलनचोकस्थित भित्री सडकखण्डमा स्कुलको बसले टेम्पोलाई ठक्कर दिँदा चालक सोही वडाका २४ वर्षीय निमेष भुजेलको निधन भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो भने उपचारकै क्रममा उनको निधन भएको हो । यस्तै टेम्पोमा सवार सोही वडाका टीकाराम लिम्बू घाइते भएका छन् । उनको बीपीमै उपचार भइरहेको छ ।
को १ क ७८२ नम्बरको विष्णु स्कुलको बसले को.१ ह ८७७४ नम्बरको टेम्पोलाई ठक्कर दिएको थियो । प्रहरीले बस, बस चालक धरान १४ का २९ वर्षीय अमिर तामाङलाई नियन्त्रणमा लिएको छ । घटना बुधबार बिहानतिरको हो ।
































