धरान । सुनसरीको सदरमुकाम इनरुवाबाट ठूलो परिमाणमा गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार लागूऔषध ओसारपसारमा संलग्न सिटी सफारी र दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सुनसरी हरिनगर गाउँपालिका–४ का १९ वर्षीय अजमल अन्सारी र सोही गाउँपालिका–७ नम्बरका आमिर अन्सारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको विशेष प्रहरी टोलीले शुक्रबार साढे ११ बजेतिर इनरुवा नगरपालिका–१ इनरुवा बजारबाट गाँजा बरामद गरेको हो । चेकजाँचका क्रममा प्रदेश १–०२००४ ह १७७६ नम्बरको सिटी सफारीमा लुकाएर राखिएको अवस्थामा १० दशमलव ५४ किलोग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
गाँजा प्याक गरेको अवस्थामा एउटा जेब्रा झोलाबाट बरामद गरिएको थियो । पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धानको कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।
































