विराटनगर । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ ।

६३ वर्षीया आमा शुभो राजवंशीको आइतबार विराटनगर महानगरपालिका–१४ स्थित घरमा निधन भएपछि उनलाई मातृशोक परेको हो । उनी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित थिइन् ।

ललितले सामाजिक सञ्जालको स्टोरीमा ‘आई एम सो सरी मामु’ लेखेका छन् । नेपाल क्रिकेट सङ्घ क्यानले सामाजिक सञ्जालमार्फत् निधनप्रति दुःख प्रकट गरेको छ ।