धरान । क्यान्सर एवम् मधुमेहका एक बिरामी सुगरको एकैपटक ३८ वटा औषधि सेवन गरी गम्भीर बिरामी भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारीअनुसार सुनसरीको धरान उपमहानगरपालिका–३ आइतबार टोलका ५२ वर्षीय जयकुमार राईले सुगरको ३८ वटा गोली एकैपटक सेवन गरी बिरामी भएका हुन् । उनले शुक्रबार बिहानको राति कसैलाई थाहा नदिई औषधि सेवन गरेपछि उनी बिरामी हुन पुगेका थिए । उनलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।
गम्भीर अवस्थामा रहेका उनलाई छोरा प्रज्वल राईले प्रतिष्ठानमा उपचारका लागि लगे पनि केही समयपश्चात् उपचारै नगराई घरतर्फ फर्काएको सुनसरी प्रहरीले जनाएको छ ।