धरान । कोशी प्रदेशको उदयपुर जिल्लास्थित त्रियुगा नदीमा को.१ ख ४७५३ नम्बरको बस भासिएको छ । 

जन्ती पुर्याएर फर्किने क्रममा चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको बाढीमा बस भासिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बाढीसहितको लेदोमा बस भासिएको प्रहरीले जनाएको छ । खाली रहेको बस हुनाले बसमा क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

चौदण्डीगढी नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालका अनुसार बाढीले लेदो थुपारेको स्थानमा जाने क्रममा भासिन पुगेको छ । उदयपुरको सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर फर्किएको बस भासिन पुगेको हो । 

केही दिनअघि मात्रै बागमती प्रदेशको हेटौंडा क्षेत्रमा सानो सवारी साधन एक्कासि भासिन पुगेको थियो भने उक्त सवारी साधन भासिएको क्षेत्रमा खोजिए पनि हालसम्म फेला पर्न सकेको छैन ।