भद्रपुर । कुटपिटबाट झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत माघ १७ गते सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बास्तोलाले चौधरीलाई सामान्य विवादको क्रममा लाठी प्रहार गरी कुटपिट गरेको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घाइते चौधरीको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको उनले बताए । घटनामा संलग्न बास्तोलालाई घटना भएलगत्तै इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।