Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • श्रमदान बाट तमोर नदीमा पुल निर्माण

श्रमदान बाट तमोर नदीमा पुल निर्माण

alt
  • पुस १, २०८१
  • ब्लाष्ट खबर

ताप्लेजुङ /ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले श्रमदानको माध्यमबाट तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरेको छ।

स्थायी पक्की पुल निर्माणका लागि बजेट अभाव भएपछि पुल निर्माण गर्न श्रमदान गरिएको हो।फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार फक्ताङलुङ गाउँपालिका तमोर नदीको दुवै किनारामा फैलिएको छ।

गाउँका विभिन्न बस्तीलाई जोड्न नदी पार गर्नुपर्ने बाध्यता छ। सबै स्थानमा एकैपटक स्थायी पुल निर्माण गर्ने बजेट अभाव भएकाले अस्थायी काठे पुल निर्माण गरिएको हो।तापेथोक र छिरुवामा तमोर नदीमाथि काठेपुल निर्माण गरिएको छन्।

अन्य ठाउँमा समेत आवश्यक हेरेर अस्थायी काठेपुल निर्माण गर्ने योजना रहेको अध्यक्ष लिम्बूले बताए। प्रत्येक वर्ष मङ्सिर महिनामा पानीको सतह घटेपछि पुल निर्माण थाल्ने गरिएको छ। हालै निर्माण सम्पन्न काठे पुल जेठ महिनासम्म सञ्चालन हुनेछ। यसपछि वर्षा याम सुरु भएसँगै नदीमा पानीको सतह बढ्ने र पुल बगाउने अवस्था आउँछ। विगतमा यस क्षेत्रमा चारदेखि पाँच अस्थायी काठे मोटरेबल पुल बनाइने गरेकामा अहिले केही स्थानमा स्थायी पक्की पुल निर्माण भइसकेका छन्। केही पुलको निर्माण प्रक्रिया जारी रहेको अध्यक्ष लिम्बूले जानकारी दिए।

उनका अनुसार विगतमा एउटा अस्थायी पुल निर्माण गर्न झन्डै चार लाखदेखि पाँच लाख खर्च लाग्ने गथ्र्यो तर, यसपटक श्रमदानमार्फत जनशक्ति जुटाएर निर्माण सामग्री खरिद गर्न मात्र ६० हजार खर्च भएको गाउँपालिकाले जनाएको छ। स्थानीय तहमा विकासका गतिविधि सञ्चालन गर्न सीमित बजेटको बाध्यता रहेकाले श्रमदानको उपयोग गरिएको हो। गाउँपालिकाले आवश्यक सामग्री उपलब्ध गराएको छ भने पुल निर्माणका लागि श्रमदानमार्फत जनशक्ति जुटाइएको छ।

गाउँपालिकाले मङ्सिर महिनामा पुल निर्माण गरेर हिउँदभरि स्थानीयलाई यातायातको सुविधा दिने प्रयासलाई निरन्तरता दिइरहेको छ।
पुल निर्माणसँगै स्थानीय बासिन्दाको जीवन सरल भएको छ। दैनिक आवतजावत र आवश्यक सामग्री ढुवानीमा सहजता आएको छ। ग्रामीण क्षेत्रका बासिन्दाले यस्तो पहलले आफूहरूको दैनिकीमा सकारात्मक प्रभाव पारेको बताएका छन्। नदीले गाउँपालिकाको भूगोललाई दुई भागमा विभाजित गरेको छ।

यसले शिक्षा, स्वास्थ्य, व्यापार, तथा अन्य आवश्यक कार्यका लागि एक ठाउँबाट अर्को ठाउँ जाने क्रममा कठिनाइ झेल्नुपर्ने अवस्था सिर्जना गरेको थियो। अस्थायी काठे पुलले यी चुनौतीलाई केही हदसम्म समाधान गरेको छ। गाउँपालिकाले स्थायी पुलहरू निर्माण गर्न दीर्घकालीन योजना बनाएको भए पनि सीमित बजेटका कारण यो प्रक्रिया ढिलो भइरहेको छ। हाल गाउँपालिकाले स्थायी पक्की पुल निर्माणका लागि प्रदेश सरकार र सङ्घीय सरकारसँग समन्वय गर्दै केही स्थानमा काम अघि बढाइरहेको छ। तर, बाँकी स्थानमा भने हालका लागि अस्थायी पुल नै विकल्प बनेको छ। श्रमदानले बजेट बचत गर्न सहयोग पु¥याएको छ, यसले सामुदायिक एकताको भावना पनि बलियो बनाएको छ। स्थानीय बासिन्दाले स्वेच्छाले दिएको श्रमदानको माध्यमबाट पुल निर्माण हुनु ग्रामीण विकासमा जनसहभागिता कस्तो प्रभावकारी हुनसक्छ भन्ने उदाहरण बनेको छ । तमोर नदीजस्ता ठूला नदीमा स्थायी पुल निर्माण गर्न ठूलो बजेट र प्राविधिक जनशक्तिको आवश्यकता पर्छ। यस्तो अवस्थामा अस्थायी पुलले तत्कालका लागीआवतजावतको समस्यालाई समाधान गरे पनि दीर्घकालीन रूपमा यस्ता अस्थायी पुलहरूले टिकाउ समाधान दिन सक्दैनन् । गाउँपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा थप स्थायी पुलहरू निर्माणको योजना बनाउँदैछ।

सम्बन्धित समाचार
काङ्ग्रेस नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धरान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काङ्ग्रेसका नेता एवम् विघट ...

ललित–अम्बर कपमा आयोजक र आइडियल अन्तिम चारमा

धरान । २० औँ ललित–अम्बर डिपो कपअन्तर्गत आइतबारको क्वार्टर फाइनल खेलबाट डिपो ...

कोशीको स्वास्थ्य क्षेत्रमा बेथितिः प्रतिवेदनमा दोषी, कारबाही चाहिँ सरुवामा सीमित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र उनको मन्त्रिपरिष ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
काङ्ग्रेस नेताविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ललित–अम्बर कपमा आयोजक र आइडियल अन्तिम चारमा
कोशीको स्वास्थ्य क्षेत्रमा बेथितिः प्रतिवेदनमा दोषी, कारबाही चाहिँ सरुवामा सीमित
हत्या गरी पत्नी हराएको निवेदन दिन प्रहरीमा
पार्टीहरूमा ‘पुस्तान्तरण’ को खोक्रो नारा
आजको राशिफलः २०८२ साल मङ्सिर २९ गते सोमबार
आगलागीमा परी वृद्धको मृत्यु
सुनको मूल्य निरन्तर उकालोतिर
धरान उपमहानगरले मनमौजी घटायो बसपार्कको ठेक्का रकम
नेपाली काङ्ग्रेसका उम्मेदवार सिफारिस: ‘पुस्तान्तरण’ गफमै सीमित, ‘टेष्टेड र वृद्ध’ नेताकै वर्चस्व
युके पठाइदिने नाममा ठगी
याक्थुङ संस्कृतिको सुन्दर ‘मिम्लेनफुङ’
स्काउटद्वारा बृहत् साहसिक क्रियाकलापको तयारी
आजको राशिफलः २०८२ साल मङ्सिर २८ गते आइतबार
मुद्रण उद्योग संघ झापाको आठौं वार्षिक साधारणसभा सम्पन्न
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved