Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • रैब पर्व मनाउँदै थारु समुदाय

रैब पर्व मनाउँदै थारु समुदाय

alt
  • भदौ १७, २०८१
  • ब्लाष्ट खबर

उदयपुर/गाईघाटको त्रियुगा नगरपालिका आसपास बसोबास गर्ने थारु समुदायले खेतमा धान रोपाइँ सकेर भदौको आइतबार मनाइने रैब पर्व मनाएका छन्।

सदाझै बगाहा,मोतिगडा,देउरी,जोजिदह,खैजनपुर,मोथ्याई लगाएत चौदण्डी गढी नगरपालिकाको हडिया,सुन्रपुर बेलही क्षेत्रमा बसोबास गर्ने थारु समुदायले रैब पर्व मनाएका छन् ।


थारु कल्याणकारी समिति उदयपुरका अध्यक्ष डुल्लीराम चौधरीका अनुसार रैब पर्व प्रत्येक वर्षको भदौ महिनाको पहिलो आइतबारदेखि अन्तिम आइतबारसम्ममा थारु समुदाय बसोबास गरेको टोल–टोल मनाइने गरिन्छ ।

यस पर्वमा भदौ महिनाको कुनै एक आइतबार गाउँघरका थारु दाजुभाईहरुले बिहान र बेलुकी नुन नखाने र दही, च्युरा, जेरी तथा फलफूल खाएर बस्ने प्रचलन रहेको उनले बताए।

बिहानै खोलामा गएर स्नान गर्ने र सूर्य देवसहित घरको मूलीले घरको कूल पित्रको पूजा गर्ने प्रचलन रहेको त्रियुगा नगरपालिका–३ मोतिगडाका दानीप्रसाद चौधरीले जानकारी दिए।

चौधरीका अनुसार असार साउन महिनाभर धान रोपाइँलगायतमा किट, पतङ्गजस्ता निर्दोष प्राणी अन्जानमा मर्ने गरेको कारण उनीहरुको आत्माको शान्तिको कामना गर्दै भदौको एक आइतबार बिहान बेलुकी नुन नखाई सूर्य देवको पूजा आराधना गर्ने र कूल देवताको शरण पर्ने पुरानै चलन हो।
रोपाइँको समयमा काम गर्दा मरेका निर्दोष किट, पतङ्गको सम्झना गर्दै पाप नलागोस् भनेर बिहान बेलुकी नुन नखाई फलफूल, दही, चिउरा खाएर आइतबार बस्ने प्रचलननै रैब पर्व रहेको गाईघाटका थारु, समुदायका अगुवा देबीलाल चौधरी बताएका छन्।
बाजे, पुर्खाको पालादेखि धान रोपाइँ सकेपछि भदौको कुनै एक आइतबारे रैब पुजा गर्ने प्रचलन सुरु भएको कारण अझै वर्सेनी भदौको एक आइतबार रैब पर्व मनाउने गरेको त्रियुगा क्षेत्रका थारु समुदायका अगुवाहरु बताउँछन्।
सम्बन्धित समाचार
जबरजस्ती करणी आरोपमा उद्योगी मित्तल पक्राउ

भद्रपुर । एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उद्योगी प्रदिप मित्तल पक्र ...

सङ्कटमा कुखुरा व्यवसायी

विराटनगर । विगतमा कुखुराको मासु बेच्न र मासु काट्नबाट व्यस्त रहने विराटनगर– ...

अस्पताल निर्देशक मातहतको प्रतिष्ठानको फार्मेसीमा करोडौंको अपचलन

विजयपर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल निर् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
जबरजस्ती करणी आरोपमा उद्योगी मित्तल पक्राउ
सङ्कटमा कुखुरा व्यवसायी
अस्पताल निर्देशक मातहतको प्रतिष्ठानको फार्मेसीमा करोडौंको अपचलन
बालेन सरकारको एक्सन !
बेथितिविरुद्ध सन्देश दिन आवश्यक
आजको राशिफलः २०८२ साल चैत १७ गते मङ्गलबार
राष्ट्रपतिद्वारा दुवै सदनको अधिवेशन आह्वान
प्रि–मनसुनः चैते धानलाई अनुकूल
बाँदर पीडित किसान सडकमाः ‘नेपाल सरकार जिन्दाबाद, बाँदर घटाउ जनताको साथ’
कार्यसम्पादन सूचक डेढ महिनामा तयार गरिने
आवेदन दिएकै श्रम स्वीकृति दिइने
चिकित्सकले फेल गरेकालाई ‘पास’
एसईईमा पाँच लाख १० हजार विद्यार्थी सहभागी हुने
जुवाको खालबाट वडा सदस्य पक्राउ
विधिको शासन कि राजनीतिक दाउपेच ?
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved