Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • मुख्य बाली कोदोको उत्पादन घट्दै, माग बढ्दै

मुख्य बाली कोदोको उत्पादन घट्दै, माग बढ्दै

alt
  • भदौ ११, २०८१
  • ब्लाष्ट खबर

इलाम/दश वर्षअघि साउन–भदौमा कोदो काम रोप्ने धमाधम हुन्छ।

सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भने, “अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो। आजकाल त कोदो रोप्न छाडियो।”

कोदोबाट भन्दा चिया, अलैँची, अकबरे लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो खेती छोड्दै गएका छन्। “कसै–कसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको छ।” माइजोगमाई गाउँपालिका–३ का मिलन खड्काले भन्नुभयो, “पैले–पैले हाम्रै गाउँभरि कोदो हुन्थ्यो।

अहिले खेतबारीमा कतै चिया, कतै अलैँची भरिएको छ। कोदोबाट नगद आम्दानी छैन। बरु अकबरेको व्यावसायिक खेती गर्छन्। कोदो भटिँदैन।कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लाको सबै क्षेत्रमा कादोको उत्पादन बर्सेनि ओरालो लागि रहेको छ। “जिल्लाको एक हजार चार सय ३२ हेक्टर क्षेत्रमा कोदो खेती हुन्छ।” ज्ञान केन्द्रका प्रमुख राम जुगन यादवले भन्नुभयो, “त्यसबाट एक हजार सात सय ४७ टन कोदो उत्पादन हुने गरेको छ।

” इलामका १० स्थानीय तहमै आंशिक रुपमा कोदो खेती हुने गरेको छ । तर, उत्पादन भने वार्षिक रूपमा ओरालो लागेको प्रमुख यादवले बताए ।

बराबरको उत्पादन हो । तर यो वर्षदेखि कोशी प्रदेश सरकारले रैथाने बालीको प्रवर्द्धनका लागि विनियोजन गर्दे आएको बजेट कटौती गरेको छ ।

सरकारको बेवास्तामा परेसँगै कोदो बाली हेलाँमा परेको खाद्यका लागि कृषि संयोजक उद्धव अधिकारी बताए। उनले भने “राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रयासको प्रभावस्वरूप जनस्तरमा चेतना अभिवृद्धि भई हाल बजारमा कोदोको माग बढिरहेको पाइन्छ तर विडम्बना उत्पादन भने घटिरहेको छ ।”

पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ। प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार २०८०-८१ मा ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७ सय ९७ टन कोदो भारतबाट आयात भएको छ। कार्यालयका अनुसार आव २०७९-८० मा ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ टन कोदो भारतबाट आयात भएको थियो। नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो । कोदो नेपालको चौथो मुख्य बाली हो । कोदोलाई पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीका रूपमा लिइन्छ । कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिन्छ। संयोजक अधिकारी भन्छन्, “खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्वपूर्ण बाली हो”, उहाँ भन्नुहुन्छ, “पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थ्यको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्त्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ।” कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन तथा रेसादार वस्तु पाइने विभिन्न अध्ययनले देखाएको छ। कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा आठ गुणा बढी क्याल्सियम पाइने विज्ञहरू बताउँछन् । सामान्य स्वस्थ व्यक्तिमात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको जनाइएको छ।

सम्बन्धित समाचार
सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलाम ...

धरान उपमहानगरले मनमौजी घटायो बसपार्कको ठेक्का रकम

धरान । धरान उपमहानगरपालिकाले धरानको टर्मिनलसहितको आधुनिक बसपार्कको ठेक्कामा ...

नेपाली काङ्ग्रेसका उम्मेदवार सिफारिस: ‘पुस्तान्तरण’ गफमै सीमित, ‘टेष्टेड र वृद्ध’ नेताकै वर्चस्व

विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
सुनको मूल्य निरन्तर उकालोतिर
धरान उपमहानगरले मनमौजी घटायो बसपार्कको ठेक्का रकम
नेपाली काङ्ग्रेसका उम्मेदवार सिफारिस: ‘पुस्तान्तरण’ गफमै सीमित, ‘टेष्टेड र वृद्ध’ नेताकै वर्चस्व
युके पठाइदिने नाममा ठगी
याक्थुङ संस्कृतिको सुन्दर ‘मिम्लेनफुङ’
स्काउटद्वारा बृहत् साहसिक क्रियाकलापको तयारी
आजको राशिफलः २०८२ साल मङ्सिर २८ गते आइतबार
मुद्रण उद्योग संघ झापाको आठौं वार्षिक साधारणसभा सम्पन्न
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर
भिजिट भिसाका मुख्य नाइकेसहित सातविरुद्ध मुद्दा
कोशी संसद् ठप्प पारेर मन्त्रीहरू एमालेको महाधिवेशनमा
कामधेनुको अनियमितताबारे बोल्दा शेयर सदस्य चैट
“श्रम संस्कृतिले आउँदो निर्वाचनमा बहुमत ल्याउँछ”
९२१ केजी गाँजा बरामद
प्रविधिलाई दुरुपयोग नगरौं
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved