Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाचार
  • एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता

एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता

alt
  • भदौ ६, २०८१
  • ब्लाष्ट खबर

ईलाम/देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन्। आर्थिक वर्ष २०८०/८१ मा उनीहरूले उक्त रकम पाएका हुन्।

देउमाईले नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष पुषेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष पुगेका पुरुषलाई एक हजार मासिक भत्ता वितरण गरेको हो।

देउमाईले आर्थिक वर्ष २०७९-८० मा नगरक्षेत्रका दुई सय सातजना एकल पुरुषलाई २४ लाख ८४ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको थियो।

देउमाईले ‘एकल पुरुष भत्ता वितरण सम्बन्ध कार्यविधि’ पारित गरी एकल पुरुषलाई भत्ता वितरण गरेको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिएका छन्।

त्यसैगरी, आव २०८०-८१ मा ४५ वर्ष पुगेका अविवाहित ९१ महिलालाई रु १० लाख ८९ हजार सामाजिक सुरक्षा भत्ता प्रदान भएको छ।

‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत मासिक रु एक हजारका दरले भत्ता प्रदान गरिएको हो। आव २०७९-८० मा देउमाईका ८८ जनाले १० लाख ५६ हजार भत्ता पाएका थिए।


तेस्रो लिङ्गीका लागि मासिक रु पाँच सय भत्ता उपलब्ध गराउने व्यवस्था रहे पनि कोही नआएको लेखा अधिकृत एक्तेनले बताए। ‘ग’ वर्ग अपाङ्तागता भएका ९२ जनालाई रु पाँच लाख ४५ हजार पाँच सय र आर्व २०८०-८१ मा ‘ग’ वर्ग अपाङ्गता भएका ९२ जनाले रु पाँच लाख ४५ हजार पाँच सय भत्ता पाएका छन्।
यसैबीच, देउमाई नगरपालिकाले चालु आव २०८१÷८२ का लागि नगरको तर्फबाट वितरण गर्दै आएको ‘सामाजिक सुरक्षा कार्यक्रम’ स्थगन गरेको छ।

‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत वितरण गर्दै आएको एकल पुरुष भत्ता, एकल महिला भत्ता (४५ वर्षमाथि), तेस्रो लिङ्गी भत्ता, ‘ग’ वर्ग अपाङ्गता भत्ता र ज्येष्ठ नागरिक पोशाक भत्ता वितरण कार्यक्रम स्थगन गरेको हो । सामाजिक सुरक्षा भत्ता वितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिका बैठकको निर्णयानुसार अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा कार्यक्रम स्थगन गरिएको नगरप्रमुख पोख्रेलले बताए।

देउमाईले सुत्केरी स्याहार, दाहसंस्कार र दीर्घरोगी सहयोग कार्यक्रमलाई भने निरन्तरता दिएको छ। सुत्केरी स्याहार कार्यक्रमअन्तर्गत रु पाँच हजारका दरले दुई पटकसम्म, दाहसंस्कारमा रु पाँच हजार र दीर्घरोगीलाई एकपटक रुपाँच हजार उपलब्ध गराउँदै आएको छ
सम्बन्धित समाचार
आगलागीमा परी वृद्धको मृत्यु

सङ्खुवासभा । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको  मृत् ...

सुनको मूल्य निरन्तर उकालोतिर

काठमाडौँ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलाम ...

धरान उपमहानगरले मनमौजी घटायो बसपार्कको ठेक्का रकम

धरान । धरान उपमहानगरपालिकाले धरानको टर्मिनलसहितको आधुनिक बसपार्कको ठेक्कामा ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
आगलागीमा परी वृद्धको मृत्यु
सुनको मूल्य निरन्तर उकालोतिर
धरान उपमहानगरले मनमौजी घटायो बसपार्कको ठेक्का रकम
नेपाली काङ्ग्रेसका उम्मेदवार सिफारिस: ‘पुस्तान्तरण’ गफमै सीमित, ‘टेष्टेड र वृद्ध’ नेताकै वर्चस्व
युके पठाइदिने नाममा ठगी
याक्थुङ संस्कृतिको सुन्दर ‘मिम्लेनफुङ’
स्काउटद्वारा बृहत् साहसिक क्रियाकलापको तयारी
आजको राशिफलः २०८२ साल मङ्सिर २८ गते आइतबार
मुद्रण उद्योग संघ झापाको आठौं वार्षिक साधारणसभा सम्पन्न
सुनचाँदीको मूल्य निरन्तर उकालोतिर
भिजिट भिसाका मुख्य नाइकेसहित सातविरुद्ध मुद्दा
कोशी संसद् ठप्प पारेर मन्त्रीहरू एमालेको महाधिवेशनमा
कामधेनुको अनियमितताबारे बोल्दा शेयर सदस्य चैट
“श्रम संस्कृतिले आउँदो निर्वाचनमा बहुमत ल्याउँछ”
९२१ केजी गाँजा बरामद
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved