श्री शालवाहनीय शाके १९४६ ने.सं.११४४ वि.सं.२०८१साल जेठ  २२ गते मङ्गलबार, ४ जुन २०२४।कालयुक्त संवत्सर। ज्येष्ठ कृष्णपक्षको त्रयोदशी  तिथि २२ः१७ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र भरणी २२ः४८ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि–मेष, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। काम पूरा गर्न समस्या पर्नेछ । काम रोक्नुपर्ने स्थिति आउन सक्छ।
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारबाट टाढा भइनेछ। साथीभाइसँग असमझदारी बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ ।  
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रोकिएको काम सम्पादन हुनेछ भने जिम्मेवारी समेत बढ्नेछ।कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय र कामको तालमेल नहुँदा केही पछि परिनेछ ।अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्ला । तापनि दोहो¥याएर प्रयत्न गर्दा आंशिक लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
फाइदा कमै भए पनि तारिफयोग्य काम थालनी गर्न सकिनेछ।अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।