श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४४ वि.सं. २०८१ साल जेठ १५ गते मङ्गलबार, २८ मे २०२४, कालयुक्त संवत्सर । ज्येष्ठ कृष्णपक्षको पञ्चमी तिथि  १५ः४३ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र उत्तराषाढा ०९ः५० बजेसम्म, उप्रान्त  श्रवण, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः०९ बजे र सूर्यास्त ०६ः५३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आजको दिन केही सङ्घर्षमय रहने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धेरै समय अरूका लागि खर्चनुपर्ला । केही मन्दी आउने बेला छ । साँझदेखि स्थितिमा सुधार आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता हासिल गर्न सकिनेछ। पेसामा पनि प्रशस्त फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ। सामाजिक कामतर्फ ध्यान जानेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ। रमाइलो स्थानको भ्रमण गर्ने अवसर प्राप्त होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति कमजोर देखिन्छ । अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ। दिन सामान्य रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनुहोला।रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्रोतसाधन जुट्नाले दिगो फाइदा उठाउन सकिनेछ । बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । व्यवसायमा मनग्य लाभ हुनेछ। मित्रजनको सहयोग प्राप्त होला ।