श्री शालवाहनिय शाके १९४६ ने.सं.११४४ वि.सं. २०८१ साल वैशाख ३० गते आइतबार,१२ मे २०२४। कालयुक्त संवत्सर। बैशाख शुक्ल पक्षको पंचमी तिथि भोलि ०२ः२२ बजे सम्म उप्रान्त षष्ठी, नक्षत्र आद्र्रा १०ः४२ बजे सम्म पुनर्वसु । चन्द्रराशी–मिथुन। सुर्योदय ०५ः१६ बजे र सुर्यास्त ०६ः४४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम र मित्रताको बन्धन कसिनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले पेसागत उचाइमा पुर्याउन सक्छ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व पनि बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विशेष भेटघाटले नयाँ काम गर्ने वातावरण बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिछोडिएका आफन्तजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
 व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा केही विलम्ब हुन सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूको विश्वास गर्दा धोका होला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ।