धरान । एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’ मा २४ प्रतियोगीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेक्स्ट मोडल्स नेपालको आयोजनामा सम्पन्न विभिन्न अडिसनबाट २४ जना प्रतिस्पर्धी फाइनलमा छनोट भएका हुन् । देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसयभन्दा बढी अस्पतालमा कार्यरत २ सयभन्दा बढी नर्सहरूले अडिसन दिएको अध्यक्ष रवि धमलाले बताए ।

उनीहरूलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका प्रशिक्षणमा रहेका छन् । पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेको प्रतियोगिताको शीर्ष विजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछ ।

नर्सिङ पेसा रोजेका र अध्ययन गरिरहेकालाई पेसा र समाजप्रति थप उत्तरदायित्व बोध गराउने उद्देश्यले प्रतियोगिता गरिँदै आएको प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् । आउँदो जेठ ५ गते फाइनल हुँदै छ ।