श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत २७ गते मङ्गलबार, ९ अप्रिल २०२४, पिङ्गलनाम संवत्सर। चैत्र शक्ल पक्षको प्रतिपदा तिथि  १०ः४७ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र रेवती ०७ः४५ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमा राशि मीन, सूर्योेदय ०५ः ४५ बजे र सूर्यास्त ०६ः२५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ।   
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ।पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ । टिप्पणी हुने समय भएकाले सजग रहनुपर्ला।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययनमा धेरै समय दिन नसकिएला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सोखले खर्च बढाउने हुँदा अर्थ अभावसमेत देखापर्न सक्छ ।  ढङ्ग नपुग्नाले काम दोहो¥याउनु पर्ने हुन सक्छ।  
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
असमझदारी बढ्नाले पहिलेको सम्झौता भङ्ग हुन सक्छ । आफ्नै वचनले समस्या निम्त्याउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महŒवपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव हुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला।अप्ठ्यारा परिस्थितिले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खानपानमा सजग रहनुहोला। काममा केही अलमल हुन सक्छ । अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ।   
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। केही खर्च भए पनि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।