धनकुटा । बक्रकुण्ड गोल्डकपको तेस्रो संस्करणको उपाधी सुनसरीले उचालेको छ ।

आइतबार भएको फाइनल खेलमा सुनसरीले इलामलाई पेनाल्टी सुट आउटमा ५–४ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा दुबै तर्फबाट दुई दुई गोल भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।

पेनाल्टी सुट आउटमा इलामका एक खेलाडीको प्रहार गोल पोष्टबाट बाहिरीएपछि इलाम पराजित भएको हो । प्रतियोगिताको बिजेता टोलिले उपाधिसहित एक लाख रुपैयाँ हात पारेको छ ।

त्यस्तै उपबिजेता टोलीले ५० हजार रुपैयामा चित्त बुझाएको छ ।  हिलेमा रहेको धार्मिक पर्यटकियस्थल बक्रकुण्ड मन्दिरको नाममा तिन बर्ष अघिवाट प्रतियोगिता सञ्चालन हुदै आएको छ ।

चैत्र २३ गतेबाट सञ्चालन भएको प्रतियोगितामा धनकुटा सहित कोशी प्रदेशको मोरङ्ग, सुनसरी, झापा इलाम, संखुवासभा, तेहथुम र मधेश प्रदेशको सप्तरी जिल्लाको सहभागीता रहेको क्लवका सचिव अर्जुन शाहिले जानकारी दिए ।