श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल चैत २१ गते बुधबार, ३ अप्रिल २०२४,पिङ्गलनाम संवत्सर । चैत्र कृष्णपक्षको नवमी तिथि १८ः५३ बजेसम्म,  उप्रान्त दशमी, नक्षत्र उत्तरषाढा २२ः०८ बजेसम्म, उप्रान्त  श्रवण, चन्द्रमा राशि मकर, सूर्याेदय ०५ः५१ बजे र सूर्यास्त ०६ः२२ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ अवसर पाइनेछ। तर, चुनौतीसमेत देखापर्ने हुँदा होसियारीसाथ काममा जुट्न ुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक जिम्मेवारी बढ्नेछ । पहिलेको काम बन्नाले नयाँ अवसर प्राप्त हुनेछ । परोपकारी काममा प्रवृत्त भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समस्या र अर्थ अभावको एकसाथ सामना गर्नुपर्ने देखिन्छ। आँटेको काम रोकिने भयले सताउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गरेको श्रमबाट उचित लाभ नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समस्या दर्शाउँदा शुभचिन्तकहरूको साथ–सहयोग प्राप्त हुनेछ । तत्कालको अभाव पनि टर्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ । रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भौतिक साधन जुट्नाले पेसा–व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उठ्नुपर्ने रकम हातलागी हुनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अतिथिका रूपमा सत्कार पाइनेछ । मित्रताको बन्धन कसिलो हुनेछ । साहसी काम गरेर उपलब्धि हातपार्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रतिपक्षीहरूसमेत सहयोगी बन्नेछन् । विभिन्न अवसर दिलाउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । कामको उच्च मूल्याङ्कन हुनेछ ।