श्री शालवाहनीय शाके १९४५ ने. सं. ११४४ वि. सं. २०८० साल चैत २ गते शुक्रबार, १५ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन शुक्लपक्षको षष्ठी तिथि २२ः२५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र कृतिका १६ः२२ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः१२ बजे र सूर्यास्त ०६ः१२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। नाम, दाम र इनाम कमाउने बेला छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिएर काम गर्न हौसला प्रदान गर्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अरूको विश्वास गर्दा धोका हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला।   
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । तर, धेरै फाइदा उठाउन भने नसकिएला।  
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रमको राम्रै मूल्याङ्कन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ । पछिका लागि जिम्मेवारी भने प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तारिफयोग्य कामको चर्चा हुनेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायबाट मनग्य फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन पनि सकिनेछ।