श्री शालवाहनीय शाके १९४५ ने.सं. ११४४ वि.सं. २०८० साल फागुन ३० गते बुधबार, १३ मार्च २०२४, पिङ्गलनाम संवत्सर । फाल्गुन शुक्लपक्षको चतुर्थी तिथि भोलि ०१ः४४ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र अश्विनी १८ः४१ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः१५ बजे र सूर्यास्त ०६ः११ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पछिका लागि यात्राको अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम तथा उठ्नुपर्ने रकम रोकिन सक्छ । नियमित काम, उद्योग र व्यापारमा मनग्य फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विगतका कर्मको उचित प्रतिफल प्राप्त नहुन सक्छ । आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अस्वस्थताले काममा जुट्न नसकिएला । सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतअनुसार कम मात्र फल प्राप्त हुनेछ। फाइदा नहुने काममा लामो समयसम्म अलमलिनु पर्ने देखिन्छ।